चैतन्य राशिफलः मेषको खर्च बढ्ने अन्यलाई कस्तो ?  - Chaitanya News
  • 2026-11-19
  • 11:32:12
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः मेषको खर्च बढ्ने अन्यलाई कस्तो ? 

    चैतन्य राशिफलः मेषको खर्च बढ्ने अन्यलाई कस्तो ? 

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

     

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।

     

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    लाभ उठाउन धेरै मिहिनेत गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

     

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

     

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।

     

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

     

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन केही संघर्ष गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा केही चुनौती आउलान्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ।

     

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा आंशिक सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

     

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ।

     

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ।

     

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    परिस्थितिवश चिताएको काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्ना मिहिनेतबाट अरूले फाइदा उठाउलान्।

     

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    स्वास्थ्य–चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।