आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने - Chaitanya News
  • 2026-11-19
  • 10:28:08
  • बिहिबार,मंसिर ०४, २०८३
  • आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

    आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

    काठमाडौं- देशभरका सरकारी कार्यालय बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। सरकारले हिउँदका तीन महिना बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने व्यवस्था गरेको छ।

    दिनहरू पनि छोटो हुने र जाडोयामसमेत भएकाले सरकारले कात्तिक १५ देखि माघ १५ सम्म सरकारी कार्यालयको कार्यालय समय एक घण्टा कम हुने प्रावधान गर्ने गरेको हो।

    जसअनुसार अब बिहान १० बजे खुलेका सरकारी कार्यालय बेलुका ४ बजेनै बन्द हुनेछन्। यी तीन महिनाबाहेकको समयमा भने सरकारी कार्यालयहरुले विहान १० बजेदेखि ५ बजेसम्म खुला हुनुपर्ने व्यवस्था छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्दै आएको छ।