लोकसेवाप्रति विश्वास बढाउन आवश्यक छ - Chaitanya News
  • 2026-06-07
  • 00:37:40
  • शनिबार,जेठ २३, २०८३
  • लोकसेवाप्रति विश्वास बढाउन आवश्यक छ

    लोकसेवाप्रति विश्वास बढाउन आवश्यक छ

    नेपालको संविधान भाग ५ को धारा ५६ मा उल्लेख भएनुसार राज्यको संरचना र राज्यको बाँडफाँड अनुरुप गणतन्त्रको मुल उदेश्यका साथ स्थापित ७५३ वटै स्थानीय तहहरुमा स्थानीय सरकारको सचिवको रुपमा हाल प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्दै आएका छन। पालिकाभित्र भइरहेको कामलाई जनतासमक्ष पुर्याउने र केही पालिकाहरूमा भौगोलिक विकटता र सीमित स्रोेत साधनका बिच काम गर्न असहज भइरहेको बेला कुन पालिकाले कसरी काम गरिरहेका छन् ? त्यहाँका जनताको अपेक्षा के छ? यिनै कुरालाई मध्यनजर गर्दै चैतन्य खबरले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग गरिरहेको छ तेहि विषयमा रहेर चैतन्य खबरका लागि निर्मला कडायतले इलामको माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मासँग गरेको कुराकानीको सम्पादित अंश :

    तपाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?

    मैले माई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ७ महिना भयो।

    यो ७ महिनाको अवधिमा तपाईंले जनप्रतिनिधिको कस्तो सहयोग पाइरहनु भएको छ?

    मैले यता जनप्रतिनिधिहरूको राम्रो सहयोग पाइरहेको छु। समन्यात्मक तरिकाले काम गरिरहेको छु। हामीहरू सबै मिलेर नै काम गरिरहेका छौँ त्यसैले जनप्रतिनिधिको पनि राम्रो सहयोग छ।

    जनअपेक्षा कस्तो पाउनु भएको छ र यहाँले सेवा भावलाई अग्रभागमा राखेर कसरी काम गरिरहनु भएको छ?

    स्थानीय तहमा जनताहरूले अपेक्षा त धेरै नै गरेका छन्। हाम्रो माई नगरपालिका दुर्गम ठाउँमा भएकाले विकास निर्माणका कामहरू अलिकति राम्रो तरिकाले भइसकेको अवस्था छैन। आन्तरिक स्रोत पनि कम भएका कारण जनताहरूको अपेक्षा अनुसार सडक, शिक्षा , स्वास्थ्य , खानेपानी आदी विकास निर्माणका कामहरू हुन सकेको छैन।

    यहाँले पालिकामा प्रशासनिक टिमको कार्यशैलीको कुशल व्यवस्थापन कसरी गरिरहनु भएको छ?

    हामीले पालिकामा प्रशासनिक टिमको कुशल व्यवस्थापन राम्रोसँग गरिरहेका छौंं। अलिकति कतिपय कुराहरू मिल्न नसके पनि कार्य जिम्मेवारीको आधारमा कर्मचारीहरूलाई सेवा सुलभको अनुसार नै जिम्मेवारी दिएका छौँ।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?

    हाम्रो पालिकामा कर्मचारीको प्रयाप्तता नै छ। दुई वटा वडामा चाहि हामीले प्रविधिक कर्मचारीहरुलाईं वडा सचिवसँगै जिम्मेवारी दिएका छौं। त्यो अब लोकसेवामा माग्नुपर्ला जस्तो छ। अरु वडाहरूमा चाहिँ कर्मचारीको प्रयाप्तात नै छ।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाहानु हुन्छ ? कसरी तयारी गर्दा लोेकसेवामा सफलता प्राप्त हुन्छ लाग्छ यहाँलाईं?

    पहिलो कुरा त लोकसेवाप्रति विश्वास बढाउन आवश्यक छ। अझै पनि पढे लेखेका मानिसहरूलाई लोकसेवामा विश्वास हुन सकिरहेको अवस्था छैन त्यसैले लोकसेवाप्रति विश्वास गर्न पनि धेरै नै जरुरी छ। अर्को कुरा हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। प्हिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन सक्छ, तर निरन्तर असफलतापछि अवश्य पनि एक पटक सफलता हाँसिल गर्न सकिन्छ। नोटहरू बनाएर तयारी गर्ने। यो निजामति सेवामा सधैं स्वागत छ। तयारी गर्दा राम्रोसँग गनुपर्छ सफलता निश्चित छ।