रगतको प्रवाह सम्पूर्ण शरीरमा हुन्छ। र, शरीरको कुनै पनि अंगमा गडबडी भएमा यसको प्रभाव रगतमा पनि देखिने गर्छ। त्यसैले, रगत तथा पिसाबको जाँच गरेर पनि शरीरको सम्पूर्ण अवस्थाबारे जानकारी पाउन सकिन्छ। शरीरको अवस्थाबारे जान्नकै लागि वर्षमा कम्तीमा एक पटक भएपनि पाँच वटा रगत जाँच गर्नैपर्छ। यी जाँचद्धारा रोग समयमै पहिचान गरी यसको रोकथाम तथा उपचार गर्न सकिन्छ। र , आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सकिन्छ।
थाइराइड प्यानल
थाइराइड ग्रन्थीले शरीरमा महत्वपूर्ण हर्मोनको स्रावमा सहायता प्रदान गर्छ। त्यसैले, थाइराइडको समस्या नहुनेले पनि वर्षमा कम्तीमा एक पटक थाइराइडको जाँच गर्नैपर्छ। यसले थाइराइडको समस्या मात्र नभएर शरीरिक अवस्थाबारे पनि जानकारी प्राप्त हुन्छ।
नेपालमा थाइर। इडको समस्या बढ्दो क्रममा छ। साइलेन्ट किलर भनेर चिनिने यो रोग महिलालाई मात्र नभएर पुरुषलाई पनि हुने गर्छ। त्यसैले यो रोग छ कि छैन भनेर पत्ता लगाउन थाइराइड जाँच जरुरी छ। थाइराइड जाँचमा टि थ्री, टी फोर र टिएचएसको जाँच पर्दछ।
लिपिड प्रोफाइल
शरीरमा कोलेस्ट्रोलको मात्रा जाँच गर्न लिपिड प्रोफाइल जाँच गर्न अनिवार्य छ। लिपिड प्रोफाइलमा चार वटा परीक्षण अनिवार्य छन् , टोटल कोलेस्ट्रोल (टि सी), हाईं डेन्सिसिटी लिप्रोप्रोटिन (एचडिएल), लो डेन्सिसिटी लिप्रोप्रोटिन (एलडिएल), र ट्राइग्लिसिराइड। यो जाँचद्धारा मुटुको अवस्था थाहा पाउन सकिन्छ। यो जाँचमा एडीएलको साइज तथा त्यसको पार्टिकल्सको बारेमा थाहा पाउन सकिन्छ।
हेमोग्लोबिन एवान्सी जाँच
एवान्सी जाँचद्धारा शरीरमा पछिल्लो तीन महिलाको ग्लूकोजको स्तरकारे पत्ता लगाउन सकिन्छ। प्रत्येक वर्ष नियमित रुपमा यो जाँच गरेमा मधुमेह जस्तो गम्भीर रोगबाट बच्न सकिन्छ। नसर्ने रोगको सुचीमा अग्रपक्तिमा रहेको मधुमेह विश्वमा गम्भीर समस्याको रुपमा देखा परेको छ।
किड्नी फंशन जाँच
मिर्गौलाले सही तरीकाले काम गरेको छ कि छैन, पत्ता लगाउन चिकित्सकहरु किड्नी फंशन जाँच गर्न सल्लाह दिने गर्छन्। किड्नी फंशन जाँचमा दुईवटा परीक्षण आवश्यक छ, जसलमई एल्बूमिन टू क्रिएटिनिन रेसियो (एसिआर) र ग्लोमेरुलर फिल्टरेशन रेट (जिएफआर) भनिन्छ।
एसिआर जाँचमा पिसाबको जाँच गरिन्छ भने जिएफआरमा रगतमा क्रिएटिनिनको जाँच गरिन्छ। जिएफआर जाँचका क्रममा देखिएको क्रिएटिनिनको मात्राको आधारमा नै भन्न सकिन्छ, मिर्गौलाले कति राम्ररी काम गरिरहेको छ।
कम्पलिट व्लड काउन्ट जाँच (सिबिसी टेष्ट)
कम्पलिट व्लड काउन्ट जाँच (सिबिसी) शरीरको लागि निकै जरुरी छ। यो जाँचद्धारा कलेजो, मुटु र मिर्गौलाले अवस्थाबारे पत्ता लगाउन सकिन्छ। यो जाँचमा मुख्यतयाः रगतमा रहेको कोशिकाको जाँच गरिन्छ। जाँचका क्रममा यदी कुनै व्यक्तिको रगतमा रगतको कण थोरै वा धेरै भएमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तिन सक्छ।