आज मलेसियासँग खेल्दै नेपाल - Chaitanya News
  • 2026-06-07
  • 08:47:30
  • आइतबार,जेठ २४, २०८३
  • काठमाडौं- आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ।

    समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल‍ कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो सवा १ बजेदेखि सुरू हुनेछ।

    नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

    नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ। समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

    नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।