सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धसतक - Chaitanya News
  • 2026-07-31
  • 20:15:04
  • शुक्रबार,साउन १५, २०८३
  • सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धसतक

    सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धसतक

    काठमाडौँ– टी—२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक बनाएका छन्। उनले २६ बलमा अर्धसतक बनाएका हुन्।

    उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन्। नेपालले सात ओभरमा कुनै पनि विकेट नगुमाई ७२ रन बनाएको छ।

    एक सय ४६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गर्दैछ।