संयुक्त राष्ट्रसङ्घ महासचिव गुटेरेस स्वागत गर्न सिँगारिँदै लुम्बिनी - Chaitanya News
  • 2026-11-19
  • 10:20:10
  • बिहिबार,मंसिर ०४, २०८३
  • संयुक्त राष्ट्रसङ्घ महासचिव गुटेरेस स्वागत गर्न सिँगारिँदै लुम्बिनी

    संयुक्त राष्ट्रसङ्घ महासचिव गुटेरेस स्वागत गर्न सिँगारिँदै लुम्बिनी

    लुम्बिनी– संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी जाने भएपछ सडक कालोपत्र गर्दै हतार–हतार तयारी थालिएको छ।

    मंगलबार बिहान डेढ घण्टाका लागि आउने उनका लागि ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदै छ।

    दुई–तीन दिनदेखि रातदिन २४ सैं घण्टा काम गरेर बाटो कालोपत्रे गरिँदै छ। बाटोका खल्टाखुल्टी पुरिएको छ। अन्य बाटो पनि पानी हालेर धुलो नउड्ने बनाइएको छ । ४ वटा हेलिप्याडको सरसफाइ गरेर रंगरोगन गरिएको छ।