कप्तान पौडेलले भने: सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो - Chaitanya News
  • 2026-10-03
  • 17:53:01
  • शनिबार,आश्विन १७, २०८३
  • कप्तान पौडेलले भने: सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो

    कप्तान पौडेलले भने: सन्दीपको पुनरागमनसँगै टिम ब्यालेन्स भयो

    काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन्। आज (आइतबार) कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको समेत बताए।

    भोलिदेखि काठमाडौंमा सुरु हुने टी–२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ। खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान,
    कप्तान पौडेलले थपे, ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ।

    नेपाली टिममा पाँच जना बलर छन्, कसलाई नखेलाउने भन्ने दुविधा हुन्न भन्ने प्रश्नमा उनले कन्डिसनअनुसार प्लेइङ–११ बारे निर्णय लिने बताएका छन्।