पक्षघात भनेको के हो? यसका लक्षणहरु के के हुन? - Chaitanya News
  • 2026-07-17
  • 03:58:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • पक्षघात भनेको के हो? यसका लक्षणहरु के के हुन?

    पक्षघात भनेको के हो? यसका लक्षणहरु के के हुन?

    काठमाडौं– प्रत्येक वर्ष अक्टोबर २९ मा पक्षघात दिवस मनाइने गरिन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षघात भनिन्छ।

    समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ। सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन्। नेपाल पक्षघात सङ्घका अध्यक्ष डा।राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षघात हुने गरेको बताउछन्। हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षघात हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ ।

    के हो पक्षघात?

    पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुने गर्छ।

    यसले गर्दा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै स्ट्रोक वा पक्षघात भनिन्छ। समयमै यसको उपचार नगरे मस्तिष्क सधैको लागि खराब हुन सक्छ। व्यक्तिको मृत्यु समेत हुनसक्छ।

    किन हुन्छ पक्षपात?

    आजकलको व्यस्त जीवनशैलीमा तनाव, उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुमपान, मदिरापान नै पक्षघातको लागि जिम्मेवार मानिन्छ। यसबाहेक, लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीले पनि दिमाग र मुटु सम्बन्धि रोगको जोखिम बढाउने गर्छ। जसले गर्दा अहिलेका युवापुस्तामा पक्षघातको समस्या तिव्र गतिमा फैलिरहेको पाइन्छ।

    यी सबै कारणका बाबजुद पनि वातावरणीय परिवर्तन तथा मौसमको परिवर्तनका कारण पनि पक्षघात हुन सक्छ भन्ने कुरा अस्सी प्रतिशत मानिसलाई थाहा नहुन सक्छ।

    पक्षघातका लक्षणहरु

    –एकापट्टिको मुख बाङ्गो हुनु
    –शरीरको एक पाटो झमझमाउनु वा कमजोर भएको महसुस हुनु
    –बोलि लरबरिनु वा बोल्न नसक्नु

    कसरी गर्ने उपचार?

    चिकित्सकका अनुसार पक्षघात भएमा तत्काल उपचार जरुरी छ। यस किसिमको उपचार पक्षघात भएको तीन(चार घण्टा भित्रमै गरेको अण्डमा दिमागमा क्षति पुग्ने सम्भावना कम हुने गर्छ। उदाहरणका लागि तीन घण्टा भित्रमा आवश्यक औषधी दिनु पर्दछ।

    त्यसपछि, सिटी स्क्यान, एमआरआई इत्यादी गरेर दिमागको क्षति कम गर्न आवश्यक उपचार सुरु गरिन्छ। यदी रगतको अवरोधका कारण दिमागमा पक्षघात भएको हो भने पक्षघात भएको तीन घण्टा भित्रमा क्लट बस्टिङ्ग औषधी वा इन्जेक्सन दिन जरुरी छ। साथै, रगत पातलो गर्ने औषधी दिइने गरिन्छ। ताकी रगत नजमोस्। यसबाहेक, शल्यक्रियामार्फत गर्धनको रक्तधमनी खोलिन्छ।

    रक्तश्रावका कारण पक्षघात भएमा सामान्य रक्त क्लोटिङ्ग कायम राख्ने औषधी दिइने गरिन्छ। दिमागबाट रगत हटाउन तथा दवाव कम गर्न शल्यक्रिया गरिन्छ । फाटको नशा जोड्न शल्यक्रिया गरिन्छ। रक्तश्राव रोक्नका लागि तारको प्रयोग गरिन्छ। दिमागको सुन्निनबाट रोक्न औषधी दिइन्छ। यसबाहेक, दिमागको खाली भागमा ट्यूब राखेर दवाव कम गर्ने प्रयास गरिन्छ।