काठमाडौं– त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड करण केसीले पाएका छन्।
लिग चरणमा चार वटै खेल जितेको नेपाल शुक्रबार भएको फाइनलमा यूएईसँग ४ विकेटले पराजित भएको थियो। तर समग्र प्रतियोगितामा गरेको प्रदर्शनका कारण करण प्लेयर अफ दि सिरिज बने।
उनले मोटरसाइकल पाएका छन्।
१० विकेट लिएका उनी वेष्ट बलर समेत घोषित भए । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बने।