ललितपुर महानगरले खोल्यो नगर प्रहरीमा भर्ना - Chaitanya News
  • 2026-11-19
  • 10:05:50
  • बिहिबार,मंसिर ०४, २०८३
  • ललितपुर महानगरले खोल्यो नगर प्रहरीमा भर्ना

    ललितपुर महानगरले खोल्यो नगर प्रहरीमा भर्ना

    काठमाडौं– लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ।

    महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।

    शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक–एक जनाका लागि आवेदन आह्वान गरेको हो।

    यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ।

    ८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ। न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ।

    दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ।