सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थाल्यो - Chaitanya News
  • 2026-11-19
  • 10:05:55
  • बिहिबार,मंसिर ०४, २०८३
  • सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थाल्यो

    सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थाल्यो

    काठमाडौँ– दसैँ लागेसँगै सुनसान बनेको काठमाडौँमा बिस्तारे चहलपहल बढ्न थालेको छ। दसैँको अवसर पारेर लाखौँले काठमाडौँ छाडेर आफ्नो घर जाने भएकाले काठमाडौँ सुनसान हुने गर्दछ।

    आज टीकाको तेस्रो दिनदेखि भने बिस्तारै चहलपहल बढ्न थालेको छ। घर गएकाहरु काठमाडौँ फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ। बन्द रहेका बजार पनि बिस्तारै खुल्न थालेका छन्।