आज दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै - Chaitanya News
  • 2026-05-25
  • 03:10:19
  • आइतबार,जेठ १०, २०८३
  • आज दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

    आज दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

    काठमाडौँ– बिहीबार दसैँको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ।

    आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ।

    मंगलबार देखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।