प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीलाई दशैंको टीका जमरा - Chaitanya News
  • 2026-05-25
  • 03:10:12
  • आइतबार,जेठ १०, २०८३
  • प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीलाई दशैंको टीका जमरा

    प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीलाई दशैंको टीका जमरा

    काठमाडौँ– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले वडा दशैं २०८० को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीलाई टिका जमरा लगाएका छन्।

    आज (बुधबार) प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित कर्मचारीलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाउनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

    उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित कर्मचारीलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन। इच्छुक प्रहरी कर्मचारीलाई टिका लगाउनका लागि दिउँसो एक बजेदेखि चार बजेसम्मको समय तोकिएको थियो।

    टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृत, नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारी, पूर्व प्रहरी कर्मचारी, प्रहरी अधिकृत तथा जवान एवम् प्रहरीका परिवारसमेतको उपस्थिति रहेको थियो। टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामनासमेत आदानप्रदान गरिएको थियो।