काठमाडौँ– आज (बुधबार पनि दसैँको टीका र जमरा लगाइँदै छ। मङ्गलवारको शुभ साइतमा टीका थाप्न नपाएकाहरू आज पनि आफन्त कहाँ आसिर्वाद लिन जाने गरेका छन्। टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमा शनिबारको दिनसम्म रहन्छ।
कतिपय ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लगाएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ।
विजयादशमीको भोलिपल्ट पर्ने पापाङ्कुशा एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ।
आजका दिन काठमाडौँको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।