त्रिकोणात्मक टी–२०– युएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो - Chaitanya News
  • 2026-06-07
  • 06:50:41
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी–२०– युएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो

    त्रिकोणात्मक टी–२०– युएईविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो

    काठमाडौं–त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ। मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

    हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ। नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो।

    युएईलाई पनि नेपाललाई हराउँदै फाइनल पुग्ने अवसर छ। यसअघि नेपालसँग पराजित भएको युएईले आइतबार हङकङलाई पराजित गरेको थियो।

    नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । लगातार तीन खेल हारेको हङकङ अंक विहीन हुँदै पुछारमा छ।