काठमाडौं– दशैंमा मासु एक किसिमको कल्चरजस्तै बनिसकेको छ। कतिपय ग्रामिण क्षेत्रमा वर्षमा एकरदुईपटक मात्र मासु खानेले पनि दशैंमा घरमा खसी नै ढाल्छन्। केहीवर्ष अगाडिसम्म देशका अधिकांश भू–भागमा यस्तै अवस्था थियो। अहिले आएर शहरी भू–भागमा त मासु दैनिक खानपानको हिस्सा नै बनिसकेको छ। यदि तपाईंले पनि दशैंमा मासु खाँदै हुनुहुन्छ भने खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूको सुझाव छ।
दशैं निकै लामो चाड हो, यो १५ दिनसम्म मनाइन्छ। देशका अधिकांश भू–भागमा विशेषगरी सातौं अर्थात् फूलपातिको दिनदेखि दशौं अर्थात् विजया दशमीको दिनसम्म धेरै मासु खाने गरिन्छ। विभिन्न परिकार बनाएर आवश्यकताभन्दा बढीनै मासु खाने चलन छ । तर स्वास्थ्य अनुकूल हुनेगरी मासुको मात्रा निर्धारण गर्न र पकाउने तरिका अपनाउन चिकित्सकको सुझाव छ।
दैनिक कति मासु खाने?
चाडपर्वको समयमा रमाइलो बनाउने नै जमघट र भोजनले हो। अझ मासुका परिकारले जमघटलाइनै अझ विशेष बनाइदिन्छ। तर हामीले हाम्रो स्वाथ्यको ख्याल पनि गर्नुपर्यो। पोषणविद् कोइरालाका अनुसार हामीले खाने खाना हाम्रो शरीरले पचाउन सक्ने हुनुपर्छ।
अहिले हाम्रो जीवनशैली फेरिएकाले पनि पहिलेको जस्ता खाना हामीले पचाउन नसकिने हुनसक्छ। ‘हाम्रो जीवनशैली फेरीएको छ पहिले पहिले दशै“ वा चाडपर्वमा मात्र माछामासु खाने गरिन्थ्यो त्यो पनि प¥याप्त पाइदैनथ्यो। मासु खाएपछि पनि हामी कसरत हुनेगरी काम गथ्र्यौ बढीभन्दा बढी हिड्थ्यौ तर अहिले हामी हिड्नै छाड्यो अहिले सवारी साधनको सुविधा छ त्यकारण हामीले खाएको खाना पच्नै पाउदैन र शरिरमै स्टोर भएर बस्छ जसबाट मोटोपनाको समस्या देखिन्छ।
खाना खादा सकेसम्म अड्कलेर खानुपर्छ। मानिसले आफ्नो तौल अनुसार मासु खानुपर्छ। ‘मानिसले दैनिक २ सय ग्राम मासु खाएमा दैनिक प्रोटिनको आवश्यकता पुरा हुन्छ सामान्यतयाः एक केजी तौल छ भने १ ग्राम मासु दैनिक प्रोटिनका लागि प¥याप्त हुन्छ। ‘हामीले प्रोटिनयुक्त अन्य खानापनि खाने भएकाले प्रोटिनलाई घटाउन आवश्यक छ।
मासुसंगै सागपात र फलफुल पनि खाने:
चाडपर्वमा मासुमानै जोड दिँदा हाम्रो आहार सन्तुलित हुँदैन। आहारलाई सन्तुलनमा राख्न माखु संगै हरियो सागपात र फलफुलमा समेत जोड दिनुपर्छ। भातलाई समेत घटाएर हरियो परियोमा जोड दिदा सन्तुलन कामय राख्न मद्धत पुग्छ।
मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ?
नियमित खाने कुराभन्दा दशैंमा अलि विशेष परिकारहरु पकाउने गरिन्छ। दशैंलाई मासुको पर्व हो भन्दा पनि फरक पर्दैन। तर, मासु खाँदा यि कुराहरुमा ध्यान दिन जरुरी छ।
–बासी, फ्रिजमा राखेको मासु नखाने
–ताजा मासु किनेर खाने
–कम बोसो भएको मासु छान्ने
–घर ल्याइसकेको मासुमा पनि बोसो भए हटाउने
–तेलको प्रयोग कम गर्ने
–मसला कम राख्ने
–सकेसम्म मासुलाई भुटेर भन्दा उसनेर खाँदा राम्रो
पानी प्रशस्त पिउने:
प्रोटिनले शरीरलाई सुख्खा बनाउने भएकाले प्रशस्त पानि पिउनुपर्छ। मासु खाएपछि कागती पानी पिउँदा मासुलाई पचाउन अझ सहज हुन्छ। रगतमा चिल्लो मात्रा बढी भएकाले पेटभरि मासु खाँदा बाँचुन्जेल दुःख पाउन सक्छन्। दीर्घरोगीले मात्र होइन, स्वस्थ मानिसले समेत मासु खान सावधानी अपनाउनुपर्छ।