अर्थतन्त्र सबल भए मात्र देश बलियो हुन्छ : शङ्कर पोखरेल - Chaitanya News
  • 2026-05-26
  • 23:45:42
  • मंगलबार,जेठ १२, २०८३
  • अर्थतन्त्र सबल भए मात्र देश बलियो हुन्छ : शङ्कर पोखरेल

    अर्थतन्त्र सबल भए मात्र देश बलियो हुन्छ : शङ्कर पोखरेल

    दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन्।

    आज (शनिबार) जिल्ला कमिटी दाङको आयोजनामा घोराहीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए।

    दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति(परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए। सहर र गाउँलाई दसैँले जोडेको उनले उल्लेख गरे।

    एक पृथक् प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताए ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गरेका थिए।