काठमाडौंको टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ - Chaitanya News
  • 2026-05-25
  • 06:37:16
  • सोमबार,जेठ ११, २०८३
  • काठमाडौंको टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ

    काठमाडौंको टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ

    काठमाडौँ– दसैँको सातौँ दिन फूलपाती, शनिबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ।

    सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्‍यो। तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गर्‍यो भने सैनिक हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरियो।

    समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरेको थियो।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश, सभामुख अलगायत सहभागी थिए।

    समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।