दशैंको बेला घर फर्किनेहरुको लर्को, (हेर्नुहोस् फोटोहरु) - Chaitanya News
  • 2026-11-19
  • 09:42:19
  • बिहिबार,मंसिर ०४, २०८३
  • दशैंको बेला घर फर्किनेहरुको लर्को, (हेर्नुहोस् फोटोहरु)

    दशैंको बेला घर फर्किनेहरुको लर्को, (हेर्नुहोस् फोटोहरु)

    काठमाडौं– दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्रमा गाउँ फर्किनेहरुको भीडभाड छ।

    कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर गन्तव्यसम्म पुगिरहेका छन्। विभिन्न जिल्लाबाट रित्तै काठमाडौं आइरहेका गाडीहरु काठमाडौंबाट फर्किने बेला भने भरीभराउ हुने गरेका छन्।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट दैनिक झण्डै एक लाख जना बाहिरिने गरेका छन्। यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सन्चालन गरेका छन्।

    प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोधसमेत गरेको छ।