१. समन्वय भनेको के हो? प्रशासन तथा व्यवस्थापनमा समन्वयको आवश्यकता तथा महत्व किन पर्दछ? २+३=५
संगठनको उद्देश्य एंवम् लक्ष्य हासिल गर्ने सम्बन्धी कार्यहरुको एकीकरण
समन्वय
– संगठन भित्र कार्यलाई विभिन्न इकाईहरुमा विभाजन गरेर तिनीहरुको वीच सम्र्पक र सम्बन्ध कायम गर्ने विधि, तरिका नै समन्वय हो।
– निश्चित उद्देश्य प्राप्तीका लागि साधन श्रोतको परिचालनमा सामुहिक प्रयासका लागि गरिने संचार समझदारी, सम्बन्ध, तालमेल र सहकार्य नै समन्यव हो।
– यसले सामुहिकतमा एकताको भावना विकास गर्दछ संगठनका कृयाकलापहरुलाई उद्देश्य तर्फ केन्द्रित गर्दछ।
– संगठनको निर्दिष्ट लक्ष्य हासिँल गर्न विभिन्न संगठनहरु तथा व्यक्तिहरुको क्रियाकलापहरु तथा सो कार्य सम्पादनका लागि आवश्यक स्रोत र साधनको यथोचित व्यवस्थापन गर्ने अर्थात् सबै स्रौत साधन र कार्यहरुलाई एकसाथ जोड्ने प्रक्रिया (Linking Process) लाई नै समन्वय भनिन्छ।
– अर्को शब्दमा भन्ने हो भने संगठनको उद्देश्य एंवम् लक्ष्य हासिल गर्ने सम्बन्धी कार्यहरुको एकीकरण (Integration) नै समन्वय हो।
समन्वयको आवश्यकता तथा महत्व
समन्वयलाई समग्र व्यवस्थापनको सार मानिन्छ। संगठनले आन्तरिक एंवम् बाह्य दुवै पक्षहरुसँग उचित समन्वय कायम गरी लक्ष्य तथा उद्देश्य प्राप्ति गर्नुपर्ने हुन्छ ।कुनै पनि संगठनको निर्दिष्ट उद्देश्य तथा लक्ष्य हासिल गर्न सम्बद्ध सबै पक्षहरुबीच उचित समन्वय कायम गर्नु अपरिहार्य हुन्छ। संगठनमा समन्वयको आवश्यकता तथा महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
– विभिन्न इकाई र क्रियाकलापहरुबीच एकरुपता कायम गराउँछ।
– विभिन्न इकाईहरु र यिनका कार्यहरु बीचको आपसी अन्तरनिर्भरतालाई सहज तुल्याउँछ।
– संगठनको व्यक्तिगत, सांगठनिक एंवम् सामाजिक उद्देश्य हासिल गर्नु, उक्त सबै उद्देश्यहरु बीच उचित तालमेल कायम गर्न र संगठनमा सुमधुर वातावरण सिर्जन गर्न समन्वयले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
– संगठनका काममा दक्षता ल्याई मानव संशाधन, भौतिक, वित्तीय तथा सुचना प्रविधि एंवम् स्रोतको उच्चतम प्रयोग गर्न सघाउछ।
– यसले विभन्नि संगठनहरुबीच एकीकरण गर्न तथा प्रभावकारी संगठन निर्माण गर्न सहयोग गर्छ।
– योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्गन एंवम् नियन्त्रण गर्न र सोको लागि आवश्यक स्रोत साधनको यथोचित परिचालन गर्न गराउन समन्वयले प्रभावकारी भूमिका निर्वाह गर्दछ।
– सेवामा गुणस्तरीयता कामय गर्न
– समन्वयले संगठनका विभिन्न एकाई र क्रियाकलाप वीच एकरुपता कायम गराउँछ।
– द्वन्द व्यवस्थापन हुन्छ।
– समय, श्रम र खर्चको वचत हुन्छ।
– समुहगत कार्यमा प्रोत्साहन हुन्छ।
– दोहोरोपन, हस्तक्षेप र ढिला सुस्ती हट्छ।
– कार्य प्रभावकारी र छिटो छरितो हुन्छ।
– संगठन/प्रशासनको उत्पादकत्वमा वृद्धि हुन्छ।
२. नेतृत्व भन्नाले के बुझिन्छ ? असल नेतृत्वमा हुनुपर्ने गुणहरु उल्लेख गर्नुहोस्।२+३=५
सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थिति अनुसार अनुयायीहरूलाई प्रभावित गर्न सक्ने क्षमता वा गुण
नेतृत्व
– नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिकालागि परिस्थितिअनुसार अनुयायीहरूलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई जनाउँछ।
– व्यवस्थापकले मातहतका कर्मचारीहरूमा आत्मविश्वास र काम गर्ने भावना जगाउन सक्नुपर्छ उसले संगठनात्मक लक्ष्यतर्फ मानिसको प्रयास लगाउन निर्देशित गर्छ, उत्प्रेरित उत्साहित गर्छ।
– एउटा नेता व्यवस्थापक हुन वा नहुन पनि सक्छ तर व्यवस्थापक नेता हुनैपर्छ। अर्को शब्दमा, व्यवस्थापक आफ्ना मातहतका कर्मचारीहरू वा समूहलाई उत्साहित एवं नेतृत्व गर्नमा सक्षम हुनुपर्छ। नेतृत्व व्यवस्थापनको अत्यन्तै महत्त्वपूर्ण कार्य हो। कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ। नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो।
– संगठनमा नेतृत्व भन्नाले संगठनात्मक लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू अधिनसाथ कामदार तथा कर्मचारीलाई निर्देशन दिने तथा उनीहरूलाई प्रभावित पार्ने कार्य भन्ने बुझिन्छ। नेतृत्वसँगै नेता र अनुयायीको सुरुवात हुन्छ। नेता भन्नाले संगठनमा अधिकार प्राप्त व्यक्ति हो।
– जसले नीति–नियमअनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ। अनुयायी भन्नाले नेताले दिएको निर्देशनअनुरूप कार्य गर्ने व्यक्ति हुन्। यसरी संगठनहरूमा व्यवस्थापक र कर्मचारीबीचमा नेता र अनुयायीका सम्बन्ध रहेको हुन्छ।
असल नेतृत्वमा हुनुपर्ने गुणहरु
– उत्प्रेरणा गर्ने क्षमता,
– साहस प्रदर्शन गर्ने,
– सदाचारितायुक्त जीवन र कार्य पद्धति,
– बौद्धिक चुस्तता भएको,
– अरुको सम्मान गर्न सक्ने,
– स्वार्थ विहिन,
– समस्या समाधान गर्ने कौशलता भएको,
– खुला विचार भएको,
– नयाँ कुरा आरम्भ गर्न सक्ने,
– उत्तरदायित्व बहन गर्ने,
– सञ्चार र संवाद गर्ने कार्यकुशलता भएको,
– काम र संगठन प्रति आस्था भएको,
– उपयुक्त सन्तुलित तथा सम्यक विवेक प्रदर्शन गर्ने,
– अग्रसोच र परिवर्तनको खोजी गर्ने,
– कार्य प्रति केन्द्रित आदि।
कुनैमा यी गुणहरु दविएर बसेका हुन्छन्, भने कुनैमा यो प्रकट रुपमा देखा परेको हुन्छ र कुनैमा परिस्थितिवस यी गुणहरु देखा पर्दछन्। कुनै कुनै परिस्थितिमा कुनै व्यक्तिलाई नेतृत्व लिनुपर्ने दायित्व आउन पनि सक्दछ। माथि उल्लेख भए झै विभिन्न श्रोतहरुबाट नेतृत्व कायम भएको देखिन्छ। यी विभिन्न अवस्थामा व्यक्तिले आफुसंग अन्तरनिहित गुणहरुलाई उपयोग गरी तथा अन्य आवश्यक गुण र सीपको खोजी गरी नेतृत्वकार्यलाई प्रभावकारी बनाउन सक्नु पर्दछ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100