बसमा यात्रा गर्दा बान्ता हुन्छ, जोकिन के गर्ने? - Chaitanya News
  • 2026-11-19
  • 09:41:58
  • बिहिबार,मंसिर ०४, २०८३
  • बसमा यात्रा गर्दा बान्ता हुन्छ, जोकिन के गर्ने?

    बसमा यात्रा गर्दा बान्ता हुन्छ, जोकिन के गर्ने?

    दसैं मनाउन मानिसको घर जाने क्रम बढेको छ। विभिन्न सवारीका साधन प्रयोग गरेर मानिसहरू घर गइरहेका छन्। सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको चाप पनि थेगी नसक्नु छ। बसमा यात्रा गर्दा कतिपयलाई बान्ता हुने गर्छ। प्राय लामो दुरिको यात्रा गर्दा बान्ता हुन्छ।

    कसैलाई यात्रामा निस्कन साथ बान्ता हुन्छ भने कसैमा लामो यात्रा गर्दा। यात्रामा बान्ता हुँदा निकै सास्ति खेप्नुपर्छ। बान्ता हुँदा शरीर कमजोर हुन्छ।

    बान्ता हुनुअघि देखा पर्ने लक्षण :

    – मुखमा पानी आउनु
    – वाकवाकी लाग्नु
    – टाउको दुख्नु
    – छटपटि हुनु
    – पेट बाउडिने आदि

    बान्ता हुनबाट बच्न के गर्ने?

    – मास्कको प्रयोग गर्ने।
    – यात्रामा अनिवार्य खाना खाने।
    – टाढाको दृश्य हेर्ने।
    – चिल्लो कम भएको खानेकुरा खाने।
    – दुग्धजन्य पदार्थ, गुलियो, कोक नखाने।

    बान्ता रोक्ने घरेलु उपाय

    क) ल्वाङ

    यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी र बान्ता हुँदैन।

    ख) अदुवा

    यात्रा गर्नुअघि अदुवा मिसाएको चिया खाएर यात्रा गरे बान्ता हुँदैन। साथै यात्रामा अदुवाको टुक्रका मुखमा राखेर चपाउँदा पनि बान्त हुँदैन।

    ग) धनिया

    धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन।

    घ) जामुन

    जामुनको पात वा फलमा बान्ता रोक्ने औषधीय गुण हुन्छ त्यसैले जामुनको रस निकालेर पिउँदा पनि बान्ता हुँदैन।