त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत हङकङको नेपालविरुद्ध कमजोर सुरुवात - Chaitanya News
  • 2026-08-01
  • 00:58:56
  • शुक्रबार,साउन १५, २०८३
  • त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत हङकङको नेपालविरुद्ध कमजोर सुरुवात

    त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत हङकङको नेपालविरुद्ध कमजोर सुरुवात

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत हङकङले नेपालविरुद्ध कमजोर सुरुवात गरेको छ। हङकङले १४ रन जोड्दा ४ विकेट गुमाएको छ। करन केसीले ३ र सोमपाल कामीले एक विकेट लिए।

    केसीले पहिलो बलमै विकेट लिएका थिए। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले पहिलो बलमै कप्तानलाई गुमाएको हो।

    हङकङले पहिलो विकेटका रूपमा कप्तान निजाकत खान र अर्का ओपनर अंशुमान रथलाई गुमायो। रथले ७ रन बनाउँदा बाबर हायातले ५ र मार्टिन कोइट्जीले २ रन बनाए।

    ५ ओभरको सामाप्तिसम्म हङकङले ४ विकेट क्षतिमा १५ रन बनाएको छ। नेपालका लागि करणले ३ ओभर बलिङ गर्दै १० रन तथा सोमपालले २ ओभरमा ५ रन खर्चिए।