काठमाडौं– त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो। यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए।