लोकसेवा तयारी गरिरहेकाहरूका लागि उपयोगी बस्तुगत प्रश्नोत्तर - Chaitanya News
  • 2026-11-19
  • 10:06:05
  • बिहिबार,मंसिर ०४, २०८३
  • लोकसेवा तयारी गरिरहेकाहरूका लागि उपयोगी बस्तुगत प्रश्नोत्तर

    लोकसेवा तयारी गरिरहेकाहरूका लागि उपयोगी बस्तुगत प्रश्नोत्तर

    १. बैठक भनेको के हो? बैठकको आवश्यकता र महŒव उल्लेख गर्दै वैठक व्यवस्थापन र बैठक संचालनका सामान्य सिद्धान्तहरु उल्लेख गर्नुहोस्। (२.५+२.५=५)

    पूर्व निर्धारित मिति, स्थान र समयमा एक भन्दा बढी मानिसहरु भेला भई निश्चित विषयमा छलफल गरी निर्णयमा पुग्ने कार्य

    बैठक

    – पूर्व निर्धारित मिति, स्थान र समयमा एक भन्दा बढी मानिसहरु भेला भई निश्चित विषयमा छलफल गरी निर्णयमा पुग्ने कार्य नै बैठक हो।
    – बैठकमा एउटै समूहका वा फरक फरक समूहका मानिसहरु जम्मा भई विचार प्रस्तुत गर्ने र एउटा निचोडमा पुग्ने कार्य हुन्छ। बैठक कुनै एक पक्ष, व्यक्ति वा संस्थाबाट आह्वान गरिन्छ।
    – दुई वा दुई भन्दा बढी व्यक्ति वा पदाधिकारी वा समूहबीच निश्चित उद्देश्यमा केन्द्रित रहेर पूर्वनिर्धारित समय र स्थानमा वा आकस्मिक रुपमा गरिने औपचारिक भेटघाट तथा छलफलल बैठक हो।
    – बैठक लिखित वा अलिखित दुवै हुन्छ।
    – बैठक भौतिक वा अभौतिक दुवै प्रकारको हुन्छ।

    बैठकको आवश्यकता र महत्त्वः

    – विविध समस्याहरुको हल गर्नु,
    – उठेका प्रश्नहरुको उत्तर वा समाधान दिनु,
    – राय, सल्लाह वा परामर्श उपलब्ध गराउनु,
    – निर्णय प्रक्रियालाई वैधानिकता दिनु,
    – सरोकारवाला पक्षहरुको भावना, विचार वा राय सल्लाह संकलन गर्नु,
    – सहभागितामूलक बजेटको निर्माण गर्नु, योजना बनाउनु र कार्यान्वयन गर्नु,
    – आपसी मतभेद र अविश्वास हटाउनु,
    – कार्यालयका कामहरुको समिक्षा गर्नु,
    – लिखित निर्णयका लागि,
    – प्रगति प्रतिवेदन लगायतका सूचना दिन।

    वैठक व्यवस्थापन :

    – बैठकको योजना तय, बैठकको तयारी, बैठक सञ्चालन देखि माइन्यूट लेखन तथा निर्णय कार्यान्वयन सम्मको समग्र प्रक्रियालाई बैठक व्यवस्थापन भनिन्छ।
    – बैठकको तयारीदेखि अन्त्यसम्म गर्नु पर्ने सम्पूर्ण कुराहरुको उचित व्यवस्थापन नै बैठक व्यवस्थापन हो।
    – बैठक मर्यादित र योजनाबद्ध हुनुपर्छ, यसको संचालन गर्ने निश्चित विधि हुन्छन्। बैठकका सहभागीहरुले आÇना कुराहरु पालैपालो राख्ने, सिलसिलाबद्ध, स्पष्ट र विषय केन्द्रीत भएर छलफलमा भाग लिने जस्ता कुरा बैठक व्यवस्थापन शैली भित्र पर्दछन्।

    बैठक संचालनका सामान्य सिद्धान्तहरु

    – स्थान, मिति, एजेण्डा सहित सदस्यहरुलाई बैठक बारेमा जानकारी गराउनु पर्ने (तयारी),
    – कानून बमोजिम सूचना जारी गरी बैठकको वैधानिकता र बैधता कायम गर्ने,
    – सदस्यहरुलाई बोल्ने स्वतन्त्रताको प्रत्याभूति सहित सदस्यहरुको विशेषाधिकारको सम्मान,
    – बैठकको गोपनियता कायम गर्ने,
    – आवश्यक गणपूरक संख्या निर्धारण,
    – आधिकारिक ढंगले माइन्यूट गर्ने,
    – निर्णय कार्यान्वयन गर्ने गराउने आदि।

    २. जनसम्पर्क (Public Contact) भनेको के हो? यसको महत्व र माध्यमहरु उल्लेख गर्दै जनसम्पर्क स्थापना गर्दा ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा लेख्नुहोस्। १+१+१+२=५

    कार्यालयमा कार्यरत कर्मचारी र जनसाधारणको बीचको सम्पर्क

    जनसम्पर्क (Public Contact)

    – कार्यालयमा कार्यरत कर्मचारी र जनसाधारणको बीचको सम्पर्क नै जनसम्पर्क हो।
    – सेवा प्रदायका र सेवाग्राहीबीच सेवाको बारेमा जानकारी आदानप्रदान हुन नै जनसम्पर्क हो।
    – कुनै पनि कार्यालयमा विभिन्न कामहरु लिएर आउने व्यक्तिहरुसँग सम्बन्धित कार्यालयले राख्ने सम्बन्धलाई जनसम्पर्क भनिन्छ।
    – कार्यालय तथा संस्था र सेवा प्राप्त गर्ने व्यक्ति र वर्गहरुबीच सेवा, सूचना, जानकारी, गुनासो आदि बारे अन्तक्र्रियाको अवस्था नै जनसम्पर्क हो।
    – निजी क्षेत्रका कार्यालयहरुले जनसम्पर्कलाई बढी महत्त्व दिएको पाइन्छ।

    जनसम्पर्कको महत्त्व

    – नागरिकका इच्छा, आकांक्षा र आवश्यकताको बारेमा जानकारी प्राप्त गर्न,
    – सेवा, सूचना र जानकारीको सेवाप्रदायक र सेवाग्राहीबीच आदान प्रदान गर्न,
    – कार्यालयले चलाएको योजनाप्रति नागरिकको अभिरुचि, सहयोग एवम् सद्भावना बढाउँछ,
    – विविध समस्याहरुको समाधान गर्न सकिन्छ,
    – सेवा प्रदायक र सेवाग्राहीबीचमा असल सम्बन्ध स्थापना गर्न सकिन्छ,
    – कार्यालयको कार्यसञ्चालनमा जनविश्वास बढाउन,
    – उजुरी र गुनासोको उचित व्यवस्थापन गर्न,
    – अनुभवको आदानप्रदान गर्न,
    – कार्यालय सञ्चालनका लागि सुझावहरु प्राप्त गर्न,
    – पृष्ठपोषणको अवलम्वन गर्न।

    जनसम्पर्क साधन/माध्यम

    क) प्रत्यक्ष माध्यम :

    – गोष्ठी, सेमिनार, तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु
    – हेल्पडेस्क
    – बैठक, अन्तरक्रिया तथा समिक्षा कार्यक्रमहरु
    – सार्वजनिक सुनुवाई

    ख) अप्रत्यक्ष माध्यम

    – विद्युतीय माध्यमहरु : वेभसाइटहरु, सामाजिक सञ्जालहरु (फेसबुक, ट्विटर आदि)
    – लिखित माध्यमहरु : नागरिक बडापत्र, सूचना पाटी, गुनासो पेटिका, पत्रपत्रिका, चिठीपत्र
    – श्रव्य माध्यमहरु : रेडियो, एफ.एम, नागरिक बडापत्रको अडियो, टेलिफोन
    – श्रव्य दृश्य माध्यमहरु : टेलिभिजनबाट प्रशारित कार्यक्रहरु

    जनसम्पर्क स्थापना गर्दा ध्यान दिनुपर्ने कुराहरु

    – सेवाग्राहीसँग शिष्ट भाषाको प्रयोग र मर्यादित व्यवहार गर्नुपर्दछ,
    – सेवाग्राहीका समस्या धैर्यतापूर्वक सुन्नु पर्दछ,
    – सबैप्रति समान व्यवहार गर्नुपर्दछ,
    – सार्वजनिक सुनुवाई निरन्तर गर्नुपर्दछ,
    – नागरिक वडापत्रको प्रयोगमा ध्यान दिनुपर्दछ,
    – हेल्प डेस्कको व्यवस्था गरिनुपर्दछ,
    – सेवाग्राहीले बुझ्न चाहेको विषय आफूसँग नभएपनि सम्बन्धित व्यक्ति र कार्यालयको जानकारी दिनुपर्दछ,
    – नियमति बैठक, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ।

    ३. सेवाग्राहीहरुको गुनासो तथा उजुरी व्यवस्थापन भन्नाले के बुझिन्छ ? गुनासो व्यवस्थापन गर्न राज्यका तर्फबाट भएका प्रयासहरु उल्लेख गर्नुहोस्। २+३=५

    सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीबाट व्यक्त गरिएका लिखित वा मौखिक असन्तुष्टि, सिकायत वा उजुरी

    सेवाग्राहीहरुको गुनासो तथा उजुरी व्यवस्थापन

    – सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीबाट व्यक्त गरिएका लिखित वा मौखिक असन्तुष्टि, सिकायत वा उजुरी नै गुनासो हुन्।
    – सेवा प्रवाहका सम्बन्धमा कार्यालयमा सेवाग्राहीबाट विभिन्न किसिमका गुनासाहरु आउने गर्दछन्।
    – सेवाग्राहीबाट आएका गुनासोहरु स्वीकार गरी त्यस्ता गुनासाहरुलाई सम्बोधन गर्न पहल गर्नु, फेरि पनि यस्तै किसिमका गुनासाहरु नआउन् भनी सचेतताका साथ सेवा प्रवाह गर्ने, गुनासो सम्बोधन गर्न सेवा प्रवाहलाई चुस्त, दुरुस्त,

    सरल, छिटो, मितव्ययी र पारदर्शी बनाई प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता मार्फत सुशासन प्रदान गर्ने कार्यलाई सेवाग्राही गुनासो वा उजुरी व्यवस्थापन भनिन्छ।

    गुनासो व्यवस्थापन गर्न राज्यका तर्फबाट भएका प्रयासहरु

    – संविधानमा रहेका विभिन्न प्रावधानहरु
    – सूचनाको हक सम्बन्धि ऐन, २०६४ र नियमावली, २०६५
    – सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली, २०६४
    – हेलो सरकार कक्ष सञ्चालन निर्देशिका, २०६८
    – गुनासो सम्बोधन तथा व्यवस्थापन कार्यविधि, २०७२
    – निजामती सेवा ऐन, नियमावली
    – प्रत्येक कार्यालयमा गुनासो सुन्ने अधिकारीको व्यवस्था
    – क्षतिपूर्ती सहितको वडापत्र
    – सार्वजनिक सुनुवाई कार्यक्रम
    – सेवाग्राही सन्तुष्टि फाराम, व्यवस्थापन परीक्षण

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100