दशैंमापिङ खेल्ने परम्परा ओझेलमा - Chaitanya News
  • 2026-11-19
  • 09:32:01
  • बिहिबार,मंसिर ०४, २०८३
  • दशैंमापिङ खेल्ने परम्परा ओझेलमा

    दशैंमापिङ खेल्ने परम्परा ओझेलमा

    काठमाडौं- दशैं सुरु भइसक्यो, वातावरण दशैंको माहोलमा रन्म थालिसक्यो। दशैंको रमझम सुरु भएसँगै गाउँघरमा लिङग पिङ खेल्दै रमाउन सुरु भइसक्यो। तर आज भोलि गाउँ–घरमा लिङगे पिङ थापाले कहीकतै देखिँदैन। दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ।

    पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा मेला आयोजना गर्थे। त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो लिङगे पिङ। दशैंमा लिङगे पिङ खेल्ने परम्परा पनि यसै अन्तरगत सुरु भएको हुन सक्छ। जे भए पनि दशैमा लिङगे पिङको रौनक छुट्टै हुन्थ्यो।

    हिन्दुको महान चाड दशैंतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि पछिल्लो समय हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ। गाउँदेखि ठुला शहरबजारमा दशैं आउनु केहि समय अघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा काम चासो भएसँगै हराउन लागेको छ।

    विगतमा दशैं आउनु अघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे। अनि जिल्लाका विभिन्न् स्थानमा दर्जनौ दर्जन रोटेपिङ र लिङगे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ््रयो। विस्तारै समाजका युवाले आधुनिक कलासंकृतिलाई अँगाल्न लागेपछि मौलिक संस्कृतिका अङग पिङप्रति बेवास्ता बढेको पाइन्छ। दशैंको सुरुवातदेखि थापेको लिङगे पिङ तिहारसम्मै राखिन्थ्यो वर्षमा एकचोटि धर्ति छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै हराउँदै गएको छ।

    तर अहिले दशैंमा बाटिँनन् बाबियाको लठारो। गाडिँदैनन् बाँसका खम्बाहरु। पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ , माहोल मौन छ, लिङगो कटाउादा चाचाहइया।।। गुञ्जिदैन आवकाल। समयले दशैंलाई पनि आफसँगै फेरिदिएको छ। अहिलेका पुस्तालाई रोटे र लिङगे पिङको महत्व मात्रै होइन यसको आकारको बारेमा पनि थाहा छैन।

    उनिहरुले सुनेका छन् आमाबुवा, हजुरबुबाङआमाको मुखबाट हामी दशैंको पिङ खेल्थ्यौं। क्या मज्जा आउँथ्यो। यही अभिव्यक्तिले अनिहरुको मस्तिष्कमा छाप पारेको छ, दशैंमा पिङ खेलिन्छ। त्यसैले उनिहरु घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन। कसैको माग पूरा हुन्छ। कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन्।

    बसेर उठेर दुबै तरिकाले मच्चिँदै खेलिने लिङगे पिङमा युवतिहरुको दोहोर िनै चल्थ्यो र कसले बढी मच्चिन सक्ने रु कसले लिङगो कटाउने रु भनेर। जसले सक्यो उ नै त्यहाको हिरो। रोटे पिङ बनाउँन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाईन्थ्यो। काठ, डोरी जस्ता स्थानीय वस्तुहरु प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो।

    एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ बनाइन्थ्यो। पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी। यो सबै एकादेशको कथाजस्तो भइसक्यो।
    प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको ओला सायद, रोजगारका लागि युवाहरु विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा भेटिदैनन्।

    पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरु प्नि अपलब्ध नह’शने भएकाले पनि रोटे र लिङगे बन्न छाडेको होला। बढ’दो शहरीकरण र आध’शनिकताका कारण पिङ बनाउनलाई आवश्यक खालि जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैंमा लिङगे पिङ खेल्ने कल्चर मासिँदै गएको छ।

    ग्रामीण भेगमा मानिसहरुको बसोबास पातलिएको छ। गाउँ–घरहरु सुनसान छन। गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने कसले ? अनि खेल्ने कसले ?

    त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न् साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरुलाई। मानव जिवनमा प्रविधिको बढ्दो हस्ताक्षेपलाई पनि केहि हदसम्म दाषी नै मान्दा पनि हुन्छ।
    ऋहिलेका मानिसहरु चौरमा गएर पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन। दशैलाई सबैसँग घुलमिल भएको मनाउने चाड भन्दा पनि आफ्नो परिवारमा मात्रै सिसमत राख्ने कल्चरको विकास भएको छ। दशैं सामुहिक पर्व भन्दा प्राइभेट सेलिब्रेसन को माध्यम बनेपछि पिङ खेल्ने चलन लोप हुनु स्वाभाविक नै हो।