काठमाडौं– फिफा विश्वकप २०२६ को प्रारम्भिक चरण छनोट अन्तर्गत नेपालले लाओस विरुद्ध दोस्रो लेगको खेल मंगलबार खेल्दैछ।
लाओसको घरेलु मैदानमा हुने उक्त खेलका लागि नेपालको पहिलो रोजाइका खेलाडीहरुको नाम सार्वजनिक भएको छ।
जसमा पहिलो लेगमा खेलेको टोलीमा तीन परिवर्तन गरिएको छ। मिडफिल्डरहरु एरिक विष्ट, उत्सव राई र दिनेश हेन्जन दोस्रो लेगमा पहिलो रोजाइमा खेल्दैछन्। तीनै खेलाडीले पहिलो लेगमा वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए।
गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा रहेको टोलीमा रोहित चन्द, अनन्त तामाङ र सनिश श्रेष्ठ डिफेण्डरको रुपमा छन्।
यस्तै मिडफिल्डमा लकेन लिम्बुले निरन्तरता पाएका छन्। अञ्जन विष्ट, मनिष डाँगी र जिलेस्पीजंग कार्की फरवार्डको रुपमा छन्।
गत बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १(१ को बराबरीमा सकिएको थियो। छनोटको दोस्रो चरणमा पुग्नका लागि नेपाललाई आजको खेल जित्नैपर्नेछ।