मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कहीं कतैबाट धनलाभ हुने देखिन्छ ।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज निर्णायक क्षमतामा कमी आउनेछ । मनमा दुबिधा र शङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।