इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चद्वारा राहत वितरण - Chaitanya News
  • 2026-11-19
  • 10:20:00
  • बिहिबार,मंसिर ०४, २०८३
  • इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चद्वारा राहत वितरण

    इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चद्वारा राहत वितरण

    काठमाडौँ– इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ सङ्कलन गरी राहत प्रदान गरेका छन्।

    मृतक १० जनाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँ र घाइते ४ जना विद्यार्थीलाई जनही ३० हजार हुनेगरी सो रकम एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत हस्तान्तरण गरिएको हो।

    एमालेनिकट प्रवासी नेपाली मञ्च इजरायलमा आबद्ध सदस्य र शुभेच्छुकहरुबाट सङ्कलन गरिएको ५ लाख २० हजार रुपैयाँमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले घोषणा गरेको १० लाख रुपैयाँसमेत थपेर पीडित परिवारलाई राहत प्रदान गरिएको हो।

    मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले मंगलवार एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा एनआरएन अध्यक्ष बद्री केसी,एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईलगायत उपस्थित थिए ।

    राहत रकम यथाशीघ्र सम्बन्धित परिवार र घाइतेहरूलाई एमालेको च्यानलबाट पठाइने आयोजकले जनाएको छ ।