मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ।
वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ। मिहिनेतले उपलब्धि दिलाउनेछ।
कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला।
सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। अपराह्नतिर स्थिति अनुकूल बन्नेछ।
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउनेछ।
धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्त टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ। विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम रोकिन सक्छ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव कमजोर बन्नेछ र विवादास्पद काममा हातहाल्दा समस्या पर्न सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ।