चैतन्य राशिफलः कतिलाई कस्तो समस्या छ आज ? - Chaitanya News
  • 2026-11-19
  • 09:52:55
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः कतिलाई कस्तो समस्या छ आज ?

    चैतन्य राशिफलः कतिलाई कस्तो समस्या छ आज ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    स्वास्थ्यमा समस्या आउन सक्छ । धेरैको साथ र सहयोगका कारण रोकिएका काम बढ्ने छ ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आज अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।