चैतन्य राशिफलः मेषलाई असहज, कर्कट अध्ययनमा पछि पर्ने - Chaitanya News
  • 2026-11-19
  • 09:52:49
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः मेषलाई असहज, कर्कट अध्ययनमा पछि पर्ने

    चैतन्य राशिफलः मेषलाई असहज, कर्कट अध्ययनमा पछि पर्ने

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    परिस्थिति केही असहज रहने समय छ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला। विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुने

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। काम रोकिनाले मन खिन्न रहनेछ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको मेहनत र लगानीले भने अवश्यै फाइदा दिनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। नियमित काम पनि सम्पादन हुनेछन्। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कामको राम्रै मूल्यांकन हुनेछ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछ। लगानीतर्फ लागत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। छोटो समयमै उचित कर्मफल प्राप्त हुनेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।