चैतन्य राशिफलः कर्कटलाई समस्या अन्यलाई कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 09:42:10
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः कर्कटलाई समस्या अन्यलाई कस्तो ?

    चैतन्य राशिफलः कर्कटलाई समस्या अन्यलाई कस्तो ?

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ। अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि आंशिक उपलब्धि पाइनेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ। औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।