खाना खाने वित्तिकै पानी पिउनु हानिकारक - Chaitanya News
  • 2026-05-05
  • 02:46:53
  • सोमबार,बैशाख २१, २०८३
  • खाना खाने वित्तिकै पानी पिउनु हानिकारक

    खाना खाने वित्तिकै पानी पिउनु हानिकारक

    काठमाडौं- पानी जीवनका लागि अत्यावश्यक तत्व हो। पानी बिना हामि जीवनयापन गर्न सक्दैनौं। पर्‍याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो। तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन।

    पानी पिउनाले जठराग्नि समाप्त हुन्छ, जुन कि भोजनको पाचन पश्चात शरीरलाइ मुख्य ऊर्जा र प्राण प्रदान गर्दछ। यसैले यस्तो गर्नाले भोजन पच्नुको सट्टा गल्दछ। यस्तो गर्नाले धेरै मात्रामा पेटमा ग्यास र एसिड बन्न थाल्दछ र एउटा दुष्चक्र शुरू हुन थाल्दछ। महर्षि वाघभट्टले १०३ रोगहरूका बारेमा बताएका छन, जुन भोजनको तुरून्तै पछि पानी पिउनाले हुने गर्दछ।

    खाना खाएको लगभग पौन घण्टा वा एक घण्टा पछि पानी पिउनु उचित हुने गर्दछ। यस क्रममा जठरराग्निले आफ्नो काम गरिसकेको हुन्छ। यदि हामी खाना खाने बित्तिकै पानि पिउने गर्दछौं भने त्यो मन्द हुने गर्दछ। जसले ठिकसँग खाना पच्न सक्दैन।

    आयुर्वेदमा बिहानको समयमा धेरै पानी पिउनु, खानाको तुरून्त पछि पानि नपिउनु स्वास्थ्यको अचूक उपायहरू मध्येको एक भएको बताइएको छ, जसले मानिसहरूमा दिर्घायु जीवनको आधारशिला राख्दछ।