दशैंका लागि काठमाडौंमा व्यापारीले ल्याउन थाले च्याङ्ग्रा - Chaitanya News
  • 2026-11-19
  • 10:05:51
  • बिहिबार,मंसिर ०४, २०८३
  • दशैंका लागि काठमाडौंमा व्यापारीले ल्याउन थाले च्याङ्ग्रा

    दशैंका लागि काठमाडौंमा व्यापारीले ल्याउन थाले च्याङ्ग्रा

    काठमाडौं– शैंका लागि काठमाडौंमा व्यापारीले च्याङ्ग्रा ल्याउन थालेका छन । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो।

    दशैंका लागि हिन्दु धर्मावलम्बीले खसी, बोका,च्याङ्ग्रा आदि खरिद गर्छन्। त्यसैले दशैंमा खसीबोकाको ठूलो कारोबार हुन्छ।

    काठमाडौं उपत्यकामा व्यापारीहरुले खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याउन थालेका छन्। सोमबार भक्तपुरको सल्लाघारीमा व्यापारीहरुको दुई समूहले च्याङ्ग्रा ल्याएको छ। व्यापारीहरुका अनुसार यी च्याङ्ग्रा चीनको तिब्बत र मनाङबाट ल्याइएको हो।

    यो च्याङ्ग्रालाई व्यापारीले जिउँदोमा नै १३५० रुपैयाँमा बिक्री गर्ने बताएका छन्। हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको मासु खसीबोकाको भन्दा मिठो र पोषिलो हुन्छ भन्ने विश्वास छ।