दशैंमा के खाने के नखाने ? - Chaitanya News
  • 2026-11-19
  • 09:11:56
  • बिहिबार,मंसिर ०४, २०८३
  • दशैं भन्नासाथ अधिकांश नेपालीहरुले खानपान र रमाइलो गर्ने कुरामा जोड दिने गरेको पाइन्छ । खासगरि चाडपर्वका बेला मसालेदार र चिल्लो खानपानमा जोड दिदा दिर्घरोगको समस्या निम्तिने समस्यमहरु ह्ुन्छन । खानपान मानव जीवनको एउटा अभिन्न अंग र अत्यन्त सम्बेदनशिल कुरा पनि हो । अत्याधिक चिल्लो पदार्थ भएका खानेकुराको सेवन पनि रोगको प्रमुख कारण तत्व हो । दशैं जस्ता चाडपर्वमा मासुजन्य परिकार र अत्याधिक चिल्लो खानेकुरा, मदिरा, अखाद्य पदार्थ मिसाएका विभिन्न प्रकारका मिठाईका परिकारको सेवनले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।
    त्यहि कारण दशैंको खानपानमा विशेष ध्यान दिनु पर्छ । यतिबेला नेपाली समाजले मासुजन्य पदार्थ बढी नै खपत गर्छन । त्यस्तै मदिराको खपत पनि आकासिन्छ । यद्यपी दशैंको खान्कीमा रमाउनेहरुले सर्तक हुनुपर्छ । अनियन्त्रित भोजन गर्दा पाचन यन्त्रमा समस्या हुन सक्छ । एकै स्थानमा बसेर घन्टौसम्म मीठो मसिनो खानु आफैमा हानिकारक हो । यसले मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरलाई जन्म दिन सक्छ । त्यसैले खानपानमा विशेष सावधानी अपनाउनु पर्छ ।

    के गर्ने ?१.सलादको सेवन:
    दशैंमा आफन्तकहाँ पाहुना जाने, आउने प्रचलन छ । यसरी हरेककहाँ गएर खाँदा अपच हुन सक्छ । शरीरलाई आवश्यक भन्दा बढी भोजन ग्रहण गर्न सकिन्छ । यसबाट जोगिनका लागि खानामा सलादको मात्रा बढाउनुपर्छ । सलाद सेवन गरेपछि अन्य खानेकुरा धेरै खान सकिदैन ।

    २.मदिरा अघि पानि:
    दशैंको बेला सबैको जमघट हुने र रमाइलोका लागि मदिरा सेवन गर्ने आम प्रचलन छ । फेरि खानाका भेराइटी पनि हुने र सिंगै खसिबोका घरमै काट्ने वा बलिदिने प्रचलनले मासु प्रशस्तै हुन्छ । मासु र मदिरालाइ पर्यायबाची नै मानिन्छ । मासु पाक्दा मदिराको तलतल सबैमा बढ्छ तसर्थ मदिरा सेवन गर्नु अघि पर्याप्त पानी वा जुस सेवन गनुपर्छ । यसले मदिराको असर कम हुन्छ ।

    ३.शारीरिक सक्रियता:
    अक्सर दशैंमा मीठो मसिनो खाएपनि त्यस अनुरुप व्यायाम गरिदैन । अन्य काम पनि गरिदैन । बरु घन्टौ बसेर तास खेल्ने गरिन्छ । अन्य दिनमा व्यायाम गर्ने मर्निङवाक जाने गरेपनि दशैंमा यस्ता गतिविधिहरु छुट्छन । जसले गर्दा खाएको कुरा पचाउन सकिदैन । त्यसले अपच हुने कुरा त छादैछ, शरीरमा अतिरिक्त बोसो जम्ने खतरा पनि हुन्छ । त्यसैले दशैको विदामा पनि शारीरिक गतिविधिमा जोड दिनुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ ।

    के नगर्ने ?
    १.विजातिय परिकार:
    हामी एकसाथ धेरै परिकार बनाएर सेवन गछौ, विशेषत दशैमा । माछामासु, दुधदही, मिठाई, फmपलुल सेवन गछौ । यी सबै परिकारमा आ–आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपी सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रसायनिक प्रतिक्रिया हुन्छ । फलत आमीलाई फुड पोइजन हुनसक्छ । कति खानेकुराहरु आपसमा मिल्दैन । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।

    २.दहि र फल:
    हामी दही र फल एमसाथ सेवन गछौं । अझ दही र फल एकसाथ मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । यसले पाचन क्रियालाई असर गर्छ ।

    ३.कागति र दुध:
    कगति र दुध आफैमा फाइदाजनक मानिन्छ । यद्यपी दुध र कागति एकसाथ मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

    ४.प्निर र कार्बोहाइड्रेट:
    पनिर, मासु। अन्डा। नटस जस्ता प्रोटिनयुक्त खानेकुरासाग ब्रेड। आलु, दाल जस्ता कार्बोहाइड्रेट सेवन गर्नु हुँदैन । यसले गर्दा भोजन पचाउन गाह्रो हुन्छ , प्रोटिन र कार्बोहाइडे्रट एकसाथ सेवन गर्दा कब्जियता पनि हुनसक्छ ।

    ५.दुध र दही:
    दही र दुध एकसाथ सेवन गर्दा एसिडिटी, ग्याष्ट्रिक, अपच र वान्ता जस्ता समस्या हुनसक्छ ।