पेट्रोलियम पदार्थको मूल्य घट्यो - Chaitanya News
  • 2026-11-19
  • 09:11:55
  • बिहिबार,मंसिर ०४, २०८३
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं, २९ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

    आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

    घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।