बिदामा पनि प्रशासनबाट सेवा प्रदान - Chaitanya News
  • 2026-11-19
  • 09:15:01
  • बिहिबार,मंसिर ०४, २०८३
  • बिदामा पनि प्रशासनबाट सेवा प्रदान

    बिदामा पनि प्रशासनबाट सेवा प्रदान

    कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रशासन कार्यालय घटस्थापनाका दिनमा पनि सेवा प्रवाह भएको छ। कावासोतीस्थित कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    प्रशासन कार्यालयका प्रजिअसहित १० जना कर्मचारी आज नागरिकलाई प्रशासनीक सेवा प्रवाहमा व्यस्त थिए।

    शनिबार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको सेवा दिने भन्दै एक साताअघि प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो।

    जिल्ला प्रशासन कार्यालय नवलपुरले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो। सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्य योजना बनाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।