फाइल फोटो
काठमाडौं- धनगढीबाट काठमाडौंका लागि उडेको वुद्ध एयरको बिमान भैरहवामा आकस्मीक अवतरण गरिएको छ।
धनगढी बेलुकी ६:४० बजे काठमाडौंका लागि उडेको बिमानमा सवार एक जना बिरामीको स्वास्थ्यमा समस्या भएपछि भैरहवामा आकस्मीक अवतरण गरिएको हो।
करिव ६० वर्षीय वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि बिमान भैरहवामा आकस्मीक अवतरण भएको विमानमा सवार एक यात्रुले चैतन्य खबरलाई जानकारी दिएका छन्।
कलेजोको समस्याबाट ग्रसित व्यक्तिको स्वास्थ्यमा समस्या देखिएको उनले बताए। प्लेनमा डाक्टरहरू पनि सवार रहेका थिए।
बिरामीको अवस्था काठमाडौं पुग्नसक्ने नदेखिएपछि भैरहवामा आकस्मीक अवतरण गरेर बिरामीलाई एम्बुलेन्समा अस्पताल लगिएको छ। प्लेन काठमाडौं उड्ने तयारीमा रहेको बताइएको छ।