उत्तरी गाजामा रहेका प्यालेस्टायनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान इजरायली सेनाको निर्देशन - Chaitanya News
  • 2026-11-19
  • 09:00:25
  • बिहिबार,मंसिर ०४, २०८३
  • उत्तरी गाजामा रहेका प्यालेस्टायनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान इजरायली सेनाको निर्देशन

    उत्तरी गाजामा रहेका प्यालेस्टायनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान इजरायली सेनाको निर्देशन

    काठमाडौं– इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टायनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ।

    संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो।

    सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन्।

    महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्वीर तथा भिडियोहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका छन्।

    सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नु पर्ने छ। जुन गाजापट्टीको आधा जनसंख्या हो।

    गत शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ। हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन्। जसमा इजरायली र केही विदेशी नागरिक छन्। मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको बिबिसीले जनाएको छ।

    इजरायलले हमास लक्षित गरि गरेको कारबाहीमा भने १ हजार ५०० जना प्यालेस्टायनी नागरिक मारिएका छन्।