पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा - Chaitanya News
  • 2026-11-19
  • 08:47:48
  • बिहिबार,मंसिर ०४, २०८३
  • पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा

    पाँच प्रमुख जिल्ला अधिकारीको सरुवा

    काठमाडौँ– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ।

    २३ असोजको निर्णयअनुसार दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।

    दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ। सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

    इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ। बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ।

    गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।