उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण पुष्टि - Chaitanya News
  • 2026-05-05
  • 02:47:37
  • सोमबार,बैशाख २१, २०८३
  • उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण पुष्टि

    उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण पुष्टि

    काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ। उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन्।

    उनका निजी जिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ।

    उपराष्ट्रपति यादवलाई सोमबारदेखि नै अस्वस्थ थिए। निवासमै उपचार गरिरहे पनि ठिक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो।

    त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए।