अर्जुन जङ्ग थापा सचिवमा बढुवा - Chaitanya News
  • 2026-11-19
  • 08:47:57
  • बिहिबार,मंसिर ०४, २०८३
  • अर्जुन जङ्ग थापा सचिवमा बढुवा

    अर्जुन जङ्ग थापा सचिवमा बढुवा

    काठमाडौं- सरकारले सहसचिव अर्जुन जङ्ग थापालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव थापालाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा गर्ने निर्णय गरेको हो।

    लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय विश्वबाबु पुडासैनी, अर्जुनजंग बहादुर थापा र सरिता दवाडीको नाम सिफारिस गरेको थियो।

    बढुवा सिफारिस समितिले दुई नम्बरमा सिफारिस गरेका थापालाई सरकारले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।