स्थानीय तहका कर्मचारीको आन्दोलन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त - Chaitanya News
  • 2026-11-19
  • 09:41:56
  • बिहिबार,मंसिर ०४, २०८३
  • स्थानीय तहका कर्मचारीको आन्दोलन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    स्थानीय तहका कर्मचारीको आन्दोलन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौँ– स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण काठमाडौँ माइतीघर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। आज (बुधबार) दिउँसो आन्दोलनका कारण काठमाडौँ माइतीघर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ।

    सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै गएको १५ गतेदेखि माइतीघर मण्डलामा दैनिक आन्दोलन गर्दै आएका स्थानीय तहका कर्मचारीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

    व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा भएको प्रदर्शन भएको छ।

    दुई पक्षको आन्दोलनका कारण दिउँसो माइतीघरबाट बानेश्वर तथा थापाथली क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो।