इजरायलबाट नेपाल फर्कने नागरिकको उद्धारका लागिकाठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कनेछ इजरायल जाने वाइडबडी - Chaitanya News
  • 2026-11-19
  • 09:41:57
  • बिहिबार,मंसिर ०४, २०८३
  • इजरायलबाट नेपाल फर्कने नागरिकको उद्धारका लागिकाठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कनेछ इजरायल जाने वाइडबडी

    इजरायलबाट नेपाल फर्कने नागरिकको उद्धारका लागिकाठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कनेछ इजरायल जाने वाइडबडी

    काठमाडौं– इजरायलबाट नेपाल फर्कन चाहने नागरिकको उद्धारका लागि बुधबार राति उड्ने वाइडबडी ए३३० जहाज काठमाडौंबाट उडेको १५ घण्टामा काठमाडौं फिर्ता हुनेछ।

    नेपाल एयरलाइन्स स्रोतबाट प्राप्त प्रस्तावित उडान तालिका अनुसार यो जहाज स्थानीय समय अनुसार २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ। जहाज ४ घण्टा ४० मिनेटको उडानपछि स्थानीय समय अनुसार ५ बजेट २५ मिनेट जाँदा दुबईस्थित विमानस्थलमा अवतरण गर्नेछ।

    दुबईबाट स्थानीय समय अनुसार ६ बजेर ४० मिनेटमा उड्ने यो जहाज ३ घण्टा ३० मिनेटको उडानपछि इजरायलको बेन गुरियन विमानस्थलमा अवतरण गर्नेछ। यहाँबाट स्थानीय समय अनुसार ११ बजेट १० मिनेटमा उड्ने सो जहाज ३ घण्टा ५ मिनेटको उडानपछि पुनः दुबई आइपुग्ने छ।

    दुबईबाट स्थानीय समय अनुसार ४ बजेर ३० मिनेटमा उड्ने यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने स्थानीय समय अनुसार राति १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।

    दुबईसम्म सेड्यूल फ्लाइट

    नेपाल एयरलाइन्सको बुधबार राति ११ बजेर ३० मिनेटका लागि नियमित उडान रहेको छ। यो उडानलाई केही पछाडि धकेलेर दुबई जाने यात्रुलाई सँगै लिएर जहाज उड्ने छ।

    ती यात्रुलाई झारेर इजरायल जाने नेवानिको जहाजले उताबाट भने रेस्क्यू उडानका रुपमा उडान गर्नेछ। सो जहाजले नेपालीहरुलाई लिएर काठमाडौं आउने छ।

    नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले उडानका लागि आवश्यक अनुमति लिने काम यतिबेला तदारुकताका साथ भइरहेको जानकारी दिए।