काठमाडौँ– भोली (बुधवार) ठुलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन हुँदै छ। लोक सेवा आयोगले नियमित कार्य तालिका अनुसार असोजको अन्तिम बुधवार सहसचिव र उपसचिवको विज्ञापन गर्न लागेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग सख्या लोक सेवा आयोगमा पठाई सकेको छ।
सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गर्न लागेको छ। प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन हुँदै छ।
यसै गरी नेपाल इन्जिनियरिङतर्फ सहसचिव २१ जना र उपसचिव ३६ जना, नेपाल वन तर्फ सहसचिव ४ र उपसचिव ६, नेपाल आर्थिक योजना तथा तथ्याङ्क तर्फ सहसचिव १ र उपसचिव १० जना र नेपाल कृषि सेवा तर्फ सहसचिव ६ र उपसचिव २२ जनाका लागि दरखास्त आव्हान हुँदैन।
त्यस्तै नेपाल शिक्षा सेवातर्फ सहसचिव २ जना र उपसचिव १६ जना, नेपाल परराष्ट्र सेवामा सहसचिव र उपसचिव चार–चार जना, नेपाल लेखा परीक्षण तर्फ सहसचिव पाँच र उपसचिव १२ जना र नेपाल विविध सेवातर्फ उपसचिवमा ६ जनाका लागि विज्ञापन हुन लागेको छ।