काठमाडौं- नक्कली फेसबुक आइडिका माध्यमबाट विभिन्न व्यक्तिको फोटो र भिडियो इडिट गर्दै अश्लिल भिडियो बनाएर म्यासिन्जरमा पठाइ आर्थिक बार्गिनिङ गर्ने गिरोह सक्रिय बनेको छ।
फेसबुक आइडिमा हाइ प्रोफाइल भएको व्यक्तिका रूपमा भ्रमित बायोडाटा बनाएर फ्रेन्ड रिक्वेइस्ट पठाइ रिक्वेस्ट एसेप्ट गरे पश्चात अश्लिल भिडियो पठाएर म्यासिन्जरमा कल गरी हिन्दिमा कुरा गरेर पैसा माग्ने गिरोह सक्रिय बनेको पाइएको हो।
पैसा दिए भिडियो सार्वजनिक नगर्ने नत्र आफन्तलाई भिडियो पठाइदिने भन्दै उक्त गिरोहले मानसिक तनाव दिने गरेको पीडितहरूले गुनासो गरेका छन्। अन्य व्यक्तिको अश्लिल भिडियोमा टाउको जोडेर अनावश्यक तनाव दिने गरेका उजुरीसमेत प्रहरीमा समेत पर्ने गरेका छन्। बेला-बेला यस्ता खाले उजुरी आउने गरेको प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
चैतन्य ग्रुपका सिइओ गणेश प्रसाद जोशीलाई पनि यस्तै खाले तनाव दिइएको छ। उच्च शैक्षिक वायोडाटा राखेको आइडिबाट रिक्वेस्ट आएको र आफूले एसेप्ट गर्ने वित्तिकै अश्लिल फोटो तथा भिडियो पठाएर बार्गेनिङ गर्ने गरेको उनले गुनासो गरे।
उनले सामाजिक सञ्जालमार्फत त्यस्ता खाले भिडियो आउँदा दिगभ्रममा नपर्न आग्रहसमेत गरेका छन्। चिनेका व्यक्तिकोमात्र फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्न उनको आग्रह छ। उनले नेहा जैन नामक फेसबुक आइडिबाट आफूलाई फेसबुक र ह्वाट्सपमा अश्लिल भिडियो आइरहेकाले अरुलाई पनि सचेत रहन आग्रह गरे।