इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन - Chaitanya News
  • 2026-11-19
  • 09:31:53
  • बिहिबार,मंसिर ०४, २०८३
  • इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    काठमाडौं– प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।

    लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघरमण्डलमा दीप प्रज्वलन गरिएको हो।

    प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो।

    मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको बताए।