विषय प्रवेश
मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरू नै मानवीय मूल्य हो। जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ।मानव मूल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ। मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरू नै मानवीय मूल्य हो। जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ। नैतिक मूल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरू भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरू तथा अन्य सान्दर्भिक सस्थाहरू हुन्। समाजमा यस्ता संस्थाहरूको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ। सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो। शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो। यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पुर्याउने व्यक्ति शिक्षित व्यक्ति हो। नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन्। मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक क्षेत्र व्यवस्थापनलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, समावेश्, सहभागितामुलक, जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ।
अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ। मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, संस्कृति र साहित्यमा उच्च रहँदै आएको छ। मानव मूल्यको बारेमा चिन्तनमनन्, खोजी, यसको अस्तित्व कायम राख्ने संघर्षमा धेरै महत्वपूर्ण क्रान्तिहरू भएका छन्। मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरूको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन्। सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ। प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे, भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र शासन व्यवस्था नै कुरुप भएको अवस्था छ। यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरूको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मूल्यमा आधारित शिक्षा, सामाजिक मूल्य मान्यता, नागरिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ।मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरू नै मानवीय मूल्य हो। जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ।
नैतिक मूल्य र मान्यता
नैतिक मूल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरू मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरू तथा अन्य सान्दर्भिक सस्थाहरू हुन्। समाजमा यस्ता संस्थाहरूको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ। यी संस्थाहरूले मानिसलाई नैतिक मूल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन जोड दिन्छ। पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ। मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरू समेत परिवारबाटै प्राप्त गर्दछ। अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ। परिवार कुनैपनि व्यक्तिको नैतिक मूल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो। परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरूको जीवनशैली तथा उनीहरूले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ। त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ। त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ। सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणहरूलाई व्यवहारमा नै प्रयोग गर्न उत्पे्ररित गराउनु पर्छ। बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ। समाजका आधारभूत मान्यता र चरित्रहरूबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ। समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ। व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार वनाइनु पर्दछ।
समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ। त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ।
पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ। समाजमा बस्ने मानिसहरूको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो। समाजमा बस्ने मानिसहरूको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ। यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ। अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ। समाजमा सद्गुणी,आचरणयुक्त,विवेकी,न्यायपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ। यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ। व्यक्तिको मूल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत सगै अगाडि बढाउनु पर्छ। सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ। समय समयमा जनचेतनामुलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर सामाजिक क्लब, संघसंस्थाहरूलाई परिचालन गरी समाजको कुरिती र कुसंस्कारको अन्त्य गर्न प्रयोग गर्नु पर्दछ। हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यतावारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ। मानवलाई मूल्यवान र सम्मानजनक वनाउन अवलम्वन गरिएका प्रयासहरूलाई मानव मूल्य भनिन्छ। मानव मूल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ। मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरू नै मानवीय मूल्य हो। जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ। वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको विस्तारसँगै विश्वका अधिकांश देशहरूमा यो पक्ष कमजोर हुन थालेको छ।
यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ। हामीले बुझ्नु पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मूल्यको ह्रास हुन थालेको अवस्था छ। यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ। नेपाली समाजको संरचना पछिल्लो दिनहरूमा खलबलिन थालेको छ। समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ। समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डोर्याउने प्रयास हुँदै आएको छ।समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ। त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ। नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ। तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ। तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरू सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ।
मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि ,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ। वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ। मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन्। समाजमा रहेका अनेक किसिमका विकृति विसङ्कती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ। अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ। यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ । मानव मूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्को जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ। मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ। “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ। सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ। हाम्रा पुर्खाहरूले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन्। यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ। विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँग जोड्नु आवश्यक छ। मानवीय जीवनको महत्वपूर्ण पक्षहरू सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ। मानवीय मूल्यहरू नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन्।
नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो।
सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो। शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो। यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पु¥याउने व्यक्ति शिक्षित व्यक्ति हो।
नेपालको परिवेशमा पछिल्ला दशकमा परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यहरूमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई विखण्डन गर्ने बिधर्मी शक्तिहरूको बिगबिगीजस्ता अभ्यास मूल्यमा आधारित शिक्षाको अभावबाटै सिर्जना भएको हो। वर्तमान शिक्षाले भाषा र अवधारणा सिकायो। तर, आफूसँग र अरूहरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउन सकेन। आजकलको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा भवनमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको रहेको छ।
हामीले बालक पे्रम, इमानदारी, सत्यनिष्ठा, सहनशीलता, करुणा, विवेकी, नैतिकवान र त्यागजस्ता गुणका साथ ज्ञानी र बुद्धिमानी होस् भन्ने चाहन्छौं। सत्य, सत्व्यवहार, शान्ति, पे्रम र अहिंसाजस्ता मानवीय मूल्यहरू राम्ररी बुझेर व्यवहारमा ल्याउन र अरूलाई पनि त्यो कुरा बुझाउन र व्यवहारमा ल्याउन पे्ररित गरी जीवनमा सुख र शान्ति पाऊन् भन्ने चाहन्छौँ। यी र माथिका सबै गुणहरू एकै शब्द– उत्कृष्टताभित्र पर्छन्। उत्कृष्टता प्राप्त गर्नका लागि बालक सिकाइ–पद्धतिमार्फत जानुपर्छ।।समाजको चाहनाअनुसार शिक्षाका केही लक्ष्यमध्ये राम्रो श्रेणीमा उत्तीर्ण हुनु, नाम चलेको विद्यालयमा भर्ना पाउनु, धेरै पैसा कमाउने नोकरी पाउनु, अरूसँग सुमधुर सम्बन्ध हुनु र आत्मविश्वास बढ्नु हुन्। तर, हाम्रो जीवनमा शिक्षा चार कुराहरूमा आधारित छ : जान्नका लागि शिक्षा, गर्नका लागि शिक्षा, जिउनका लागि शिक्षा, बन्नका लागि शिक्षा।तसर्थ हामीलाई एउटा यस्तो शैक्षिक प्रणाली चाहिएको छ, जुन नैतिकता, पे्रम, विश्वास र आपसी सहयोगमा आधारित होस्। जहाँ शिक्षकलाई उदाहरणीय बन्न जोड दिइन्छ। जसले अभिभावकको प्रतिबद्धता र सहभागितालाई जोड देओस् र जसले बालकलाई सूचना थुपार्नेमात्र नभएर रूपान्तरणमा बढी जोड देओस्। मानवीय मूल्यमा आधारित शिक्षाले यिनै कुराहरूलाई लक्ष्यका रूपमा लिएको छ। हामीले अध्यापन गर्ने सबै विषयमा मानवीय मूल्यहरू समाहित गर्न सकियो भने त्यसको परिणाम शैक्षिक सफलतामा मात्र सीमित नभई, बालबालिकाको चौतर्फी विकासको उत्कृष्ट समिश्रण हुनेछ।
वर्तमान शिक्षा प्रणालीले मस्तिष्क र हातमा प्रशस्त जोड दिएको छ। तर, प्रवृत्ति विकासमा लागि हृदयमा दिनुपर्ने खुराक पुगेको छैन। हृदयलाई पवित्र बनाउनका लागि तथा हामीमा असल गुणहरूको विकास गर्नका लागि मानवीय शिक्षाको आवश्यकता पर्छ। शिक्षाले मानिसमा ज्ञान, समय र संयमतासहित हृदयमा करुणा र सेवाभाव जगाउन सक्नुपर्छ। त्यसैले शिक्षा जानकारीका लागि होइन, रूपान्तरणका लागि हुनु पर्दछ। यसले जीवनको उद्देश्य ‘मानवीय उत्कृष्टताको प्रस्फुटन’ गराउँन सक्नु पर्दछ। यसले हरेकको बानी र चरित्रमा रूपान्तरण ल्याउन सक्नुपर्छ।
मानव केवल मासुको डल्लो होइन अनि मानव ज्ञानी, विवेकी तथा चेतनशील मात्र पनि छैन। मानव त माया, दया, करुणा, रीस, आवेग, संवेग, घृणा, आक्रोश लगायतको पुञ्ज हो। मानव सामान्य प्रकृतिप्रदत्त जीव हो। यसले आफू बाँच्न र अस्तित्वको बोध गर्न समाज बनायो। राज्यव्यवस्था र प्रणाली बनायो। मूल्य र मान्यताको निर्माण गर्यो। अनि यसै प्रणाली र मूल्यहरूमा बाँधिन पुग्यो। अहंको निर्माण भयो। त्यही जिजीविषामा यसले जीवनलाई बचाइरहेछ। आफूमा महानता बोधको प्रयासमा क्रियाशील छ। यही समाजले निर्माण गरेका मूल्य र मान्यताको जगमा कोही मानिस महान् भएका छन् भने कोही मूल्यहीन। महान् हुने प्रयासमा मानिसले विभिन्न कार्यहरू गरेको छ। स्रोत र साधनमाथिको हस्तक्षेप अनि स्वामित्वमा एकाधिकार, शक्ति, सत्ताको निर्माण, ज्ञान, सीप, विज्ञान र प्रविधिको निर्माण यसैका परिणाम हुन्।
शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ। विश्वभरि यसको व्यापार हुन्छ, मानव यन्त्र निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ। अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा र मानव यन्त्र निर्माण पक्षधरहरूको बीचमा हुनेछ। जीवनको मूल्यबोध गराउनु, मानवीय संवेदना र अस्तित्वको पहिचान गर्न सक्षम बनाउनु, जीवनका कठिनतम् क्षण, असफलतामा आफूलाई शान्त, सौम्य र शालीन हुन सिकाउनु, जीवन संघर्षमा लड्नुलाई सामान्य विषय मान्दै नहडबढाइ उठ्ने र सम्हालिएर फेरि हिंड्न सिकाउनु नै वास्तविक अर्थको शिक्षा हो। शिक्षा जीवनको मूल्यलाई अधिक बनाउने साधन हो। मानवीय मूल्यको सापेक्षमा शिक्षालाई विकास गर्नुपर्छ। सभ्य मानव, समुदाय र समाजको निम्ति उपयोगी बनाउन र सहज जीवनयापनको गोरेटो बन्नुपर्छ, शिक्षा। त्यसैले, यसका निम्ति विभिन्न प्रयास भइरहेका छन्। सिक्ने र सिकाउने क्रममा निश्चित शिक्षा प्रणालीको विकास भएको छ। यो निरन्तर प्रक्रिया हो। किताब पढेर मान्छे महान् हुँदैन, डिग्री भनेको सामान्य औपचारिक मापन मात्र हो, जीवनका लागि तिनीहरू मूल्यवान होइनन्, इमानदार, जिम्मेवार, जवाफदेही, उत्तरदायी, श्रम गर्ने र आफ्नो सादृश्यमा अरूलाई बोध गर्न सक्नुपर्छ।
शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ। विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ। अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ। त्यस युद्धमा हामी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिन सक्नु पर्दछ ।
सार्वजनिक क्षेत्र व्यवस्थापनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता
नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन्। मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ। विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका नैतिक, आध्यात्मिक ,पद्धतिगत पक्ष जस्ता आधारभूत मूल्यहरूलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्वन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ।
अध्यात्मवाद एक विज्ञान हो, जसले हामीलाई धार्मिक मार्गमा लैजान्छ। अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ।
अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन। लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ। हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो। हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन। यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ। अब एक–एक गरी असल गुणहरूको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ। मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो।
सार्वजनिक प्रशासनमा गरिने कार्य नैतिकताले ओतप्रोत भएको हुनुपर्छ। यस क्षेत्रमा सार्वजनिक कोषको प्रयोग हुने, सार्वजनिक नीतिको दायरामा पर्ने हुँदा संलग्न व्यक्ति पनि नैतिककर्ता हुन्। उनीहरूले गर्ने काम, जीवनशैली, व्यवहार, आचरण पनि अनुकरणीय हुनुपर्छ। हुन पनि सार्वजनिक प्रशासनमा संलग्न पदाधिकारीका काम सबैले नियालिरहेका हुन्छन्। उनीहरूको सफलता भनेको सार्वजनिक प्रशासनका विभिन्न संगठन तथा सरकारको सफलता र नागरिकको सेवा प्राप्तिसँग समेत जोडिएको हुन्छ। यसबाहेक संक्रमण र संकटमा समेत सार्वजनिक प्रशासक धैर्यतापूर्वक आफ्नो कर्मभूमिमा डटिरहन्छन्। प्रशासकको सफलताको कारक एवं कसी दुवै भनेको उनीहरू कति नैतिकवान तथा जवाफदेही छन् र कामअनुसारको कौशल वा कार्यकुशलता छ वा छैन भन्ने नै हो।
सार्वजनिक क्षेत्र व्यवस्थापनमा अध्यात्मवाद
अध्यात्मवाद आत्मालाई ब्रह्माण्डको जराको रूपमा लिने एक वैचारिक विचार हो। अध्यात्मवादको एउटा मत अनुसार भौतिक जगत परमात्मा र त्यसका गुणहरूको प्रकटीकरणको माध्यम हो। जबकि अन्य अध्यात्मवादीहरूका लागि यो मानव चेतनाको भ्रम हो। अध्यात्मवादका प्रवक्ताहरूले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व छ भनी विश्वास गर्छन्। सुसंगत अध्यात्मवादीहरूले आधुनिक विज्ञानका उपलब्धिहरूलाई झूटो ठहराउँछन् र विज्ञानलाई आत्मा र ईश्वरीय कानूनमा अन्धविश्वासको साथ बदल्ने प्रयास गर्छन्। अध्यात्म भनेको छालाले नदेखिने यथार्थ हो, यसलाई बुझ्न आत्मज्ञान चाहिन्छ। पूँजीवादी दर्शनमा अध्यात्मवादको अर्थ अक्सर आदर्शवाद हो। अध्यात्मवाद त्यो विचारधाराको नाम हो, जसमा आत्मालाई सबैको मूल मानिन्छ।
अध्यात्मवाद एक विज्ञान हो, जसले हामीलाई धार्मिक मार्गमा लैजान्छ। अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ। यो आफुले आफैलाई चिन्ने कला हो। म को हुँ? म यो धर्तीमा किन आए?, मेरो कर्तव्य के हो? मानव जीवनको उद्धेश्य के हो ? जस्ता शास्वत प्रश्नको खोजी अध्यात्मवादले गर्दछ। आत्मको वास्तविक परिचय मानवता र आत्माबाट सुरु हुन्छ। जर्ज बर्नार्ड शले संसारलाई प्रत्येक व्यक्तिको नाम अगाडि “मानव“ राख्न प्रस्ताव गरे जसमा हामी पहिलो मानव हौं र केवल हाम्रो नाम, पेशा र अन्य धेरै आउँछन्। हामीलाई तोकिएको कर्तव्य वा कार्यको बारेमा हामीले “म कहाँ जाँदैछु?“ प्रश्नहरूको बारेमा स्पष्ट हुनुपर्दछ। “मैले विशेष पेशा किन रोजें?“ तब मात्र हाम्रो जीवन क्रिस्टल बन्छ र अर्थपूर्ण रूपमा अगाडि बढ्छ।आफ्नो जीवनमा अध्यात्मको खेतीले अभ्यासीलाई अरूलाई पनि आफूसँग मिल्ने र सधैं सत्यको पालना गर्न लगाउँछ। सार्वजनिक सेवाको माग र आपूर्तिबीचको मेलमिलाप गर्नका लागि जनसेवकमा समानुभूति, सहिष्णुता, करुणा र अन्य आधारभूत मूल्यहरू हुनुपर्छ। यी मूल मूल्यहरू तब मात्र सिर्जित गर्न सजिलो हुन्छ जब एक व्यक्तिले आध्यात्मिक मार्ग लागू गर्न चाहान्छ। अर्को महत्वपूर्ण पक्ष यो हो कि एक आध्यात्मिक व्यक्ति सम्पत्ति र अहंकार त्याग गर्न तयार हुन्छ र दृष्टि र कर्मको एकीकृत रूप हो।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ। यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो।
अध्यात्मवादले हाम्रो आत्मालाई यसको केन्द्रविन्दु मान्दछ। विज्ञानको एक धेरै महत्वपूर्ण क्षेत्रको रूपमा यसले मनोवृत्ति, योग्यता र उचाइ मात्र होइन तर एकै समयमा तीनवटै कुराको ख्याल राख्छ। स्टिभ जब्सले अध्यात्मवादलाई आधुनिक युगको धर्म मान्छन्। अध्यात्मवादले विभिन्न धर्मद्वारा प्रस्तुत गरिएका सबै तर्कहरूलाई समेट्छ र एकीकृत समाधान दिन्छ। धर्मलाई अध्यात्मवादको माध्यम मान्न सकिन्छ। एकचोटि हामीले आफूमा अध्यात्मवादलाई सिकाएपछि जीवनमा हाम्रो क्षमता बढ्छ र हामी प्रत्येक पल जागृत रहन्छौं। यो व्यक्तित्वमा परिष्करण हो जसले ज्ञान र सामाजिक कल्याणको साथ समग्र जीवन बिताउन मद्दत गर्दछ। मानव सभ्यताको क्रममा विकसित र प्रयोग हुने तीनवटा मुख्य पूँजीहरू छनः भौतिक पुँजी, मानव पुँजी र आध्यात्मिक पुँजी। यी मध्ये आध्यात्मिक पुँजी नै सर्वोत्कृष्ट हो जसले समग्र जीवनलाई सरल बनाउँछ।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ। यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो। सार्वजनिक व्यवस्थापनमा आध्यात्म्कि मूल्य मान्यताको विकासवाट सार्वजनिक प्रशासनलाई स्वच्छ, सवल, पारदर्शी, समावेशी, जनसहभागीतामुलक, नवप्रर्वनतमुखी, गतिशिल वनाउन सकिन्छ। सार्वजनिक पदाधिकारीहरूलाई उत्तरदायी र जिम्मेवार वनाँउदै समग्र सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त बनाउन सार्वजनिक प्रशासनमा आध्यात्मिक मूल्य मान्यताहरूलाई आनिवार्य रुपमा आत्मसात गर्नुपर्दछ।
मानव मूल्य र मर्यादाः
मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ। वैज्ञानिक रुपमा यसको परिभाषा स्थापित भैनसकेपनि मूलरुपमा एक मानिसले जन्मसिद्ध रुपमा एक मानिस भएको हिसाबले आत्मसम्मान, मूल्य, मर्यादा वा अरुबाट उचित रुपमा पाउनुपर्ने आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य वा मर्यादा भनी बुझ्नसकिन्छ। सामान्यतः जब यसको हनन् वा पिडित वा निमुखा वर्ग मानवमूल्यबाट च्यूत गरिन्छ तब यस शव्दको अक्सर सावधानीजन्य प्रयोग हुनेगर्छ। मानव मर्यादामाथिका चुनौतीहरूः मानवमूल्य वा मर्यादामा व्यक्तिगत र सामुहिक हिसाबले विविध स्वरुपमा प्रहार वा हनन् हुनेगर्छ। जानीनजानी, सँस्कारगत वा नियतपुर्वक विशेष गरेर शक्तिशाली पक्षले कमजोर पक्षलाई उपहास गर्ने मतलब सिद्धीको लागि प्रयोग गर्ने , अमानवीय व्यवहार गर्ने गरेका सानाठूला उदाहरणहरू हाम्रा घर, समाज, राज्य, विश्व र मानव इतिहासमा अनगिन्ति छन्। यातना, बलत्कार, बँधुवा, कमलरी, सती, सामाजिक बिभेद, मजदुरहरूको श्रम शोषण आदि मानवमूल्य उलंघनका केहि दृष्टान्त हुन्। साधनश्रोत, सम्पत्तिमा निश्चित वर्गको मात्र पहुँच र अधिकार बनाएर बहुसंख्यक जनतालाई गरीबी, अभाव र उत्पीदनमा बाँच्न बाध्य बनाउने र आफ्नो बर्चस्व कायम राख्ने परम्परा पनि कायमै छ। हुनेले खानेलाउने, मोजमस्ती, मनोरञ्जन, सामाजिक व्यवहार, शिक्षा र दैनिकजीवनका यावत् कुराहरूमा आममानिसले धान्न नसक्ने खालको व्यवहार देखाएर बहुसंख्य मानिसहरूको मनमा आफू तिरस्कृत, असक्षम वा नीच, सामाजिक रुपले त्यक्त, सिमान्तकृत वा समग्रमा मर्यादाविहिन भएको महसूस गराएर बिभेदको परम्परा चलाइराख्ने खेल पनि चलि नै रहेकोछ। विशेष गरेर विकासोन्मुख देशहरूमा महिलालाई सरसफाईको कमिले उनीहरूको आत्मसम्मानमा ठेस पुगिरहेको हुन्छ।
सार्वजनिक क्षेत्र व्यवस्थापनमा मानवीय मूल्यको आवश्यकता
नेपालले लोकतान्त्रिक संघीय शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ। यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरूको अवलम्बन राज्यले गर्नु पर्दछ। नेपाली जनताले सनातन कालदेखि धारण गर्दै आएको धर्म, समय सापेक्षिक रुपमा परिवर्तन हुँदै गएका मानवीय मूल्य र विचारले सामाजिक–राजनीतिक मूल्यलाई बलियो बनाउन मद्दत गर्छ, जसका कारण राज्य र नागरिकबीचको सम्बन्ध सुमधुर हुन जान्छ। लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ। मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरूमा नेपाली नागरिकहरू बीच आपसी सद्भाव, सहयोग र एकता र भातृत्वको भावना विकास गर्न, सामाजिक महत्वका विषयहरू कला, संस्कृतिको संरक्षण र सम्वर्धन गर्न, राज्यका हरेक तह र तप्कामा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिताको सुनिश्चित गर्न, सामाजिक न्याय कायम गर्दै समतामूलक समाज निर्माण गर्न, मानव जीवनलाई माया, प्रेमउन्मुख बनाउँदै सामाजिक कलह र विखण्डनको अन्त्य गर्न, समयसापेक्ष समाजलाई परिवर्तन गर्न, असल नागरिक निर्माण गर्न, राज्यका स्रोत साधनको सही सदुपयोग गरी विकासमा तीव्रता दिन, नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन ,बहुधार्मिक, बहुजाति, बहुसंस्कृतिबीच समभाव र सहिष्णुता कायम गर्न, शान्ति, बन्धुत्व,भाइचारा, नैतिकता, सदाचारिता, सुसंस्कार र सुशासन कायम गर्न,
निष्कर्ष
सर्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, विश्वसनीय, जवाफदेहि, पारदर्शी, नतिजामुलक वनाउन सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ। प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे,भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र सार्वजनिक क्षेत्र व्यवस्था नै कुरुप भएको अवस्था छ। यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरूको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मूल्य, मूल्यमा आधारित शिक्षा, नैतिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ।सुशासन। सामाजिक न्याय र समृसद्धको आधार हो अध्यात्मवाद।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)