नयाँ नोट २९ असोजदेखि सटही गर्न सकिने - Chaitanya News
  • 2026-05-26
  • 22:43:39
  • मंगलबार,जेठ १२, २०८३
  • नयाँ नोट २९ असोजदेखि सटही गर्न सकिने

    नयाँ नोट २९ असोजदेखि सटही गर्न सकिने

    काठमाडौं- नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्न सकिने जनाएको छ।

    राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो।

    राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ।

    वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ।

    काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।